Jilla Ban Notis

अन्नपुर्ण कलेज बुटवलमा माघ २० गते ग्रेन्ड सेमिनार हुदै ।

क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया पढ्न जानेहरुको लागी ग्रेन्ड सेमिनार हुने

0 69

माघ १६
अन्नपुर्ण मोडेल कलेज वुटवलले क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुको लागी यहि माघ २० गते सेमनारको अयोजना गरेको जनाएको छ । स्नातक तहमा मानविकि संकाय अन्तर्गत ग्रामिण विकास, समाजशास्त्र र अंग्रेजी अध्यापन हुने कलेजमा क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया पढ्न जाने विद्याथीहरुको लागी मध्येनजर गर्दै यहि माघ २० गते गोष्टि अयोजना गरेको क्याम्पस प्रमुख अनिल शर्माले बताउनुभयो । उक्त गोष्टिमा कक्षा १२ को परिक्षा सकाएर बसेका विद्यार्थीहरुको लागी विशेष सहभागि हुन आवहन गरेको क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो ।

ललितपुरको लगनखेलमा रहेको निम्स कलेजसँग सहकार्य गर्दै युनिभर्सिटी अफ क्यानभेरा, वेस्टन सिड्यनी युनिभर्सिटी, वेस्टवेइन्ट लगाएतका युनिभर्सिटीहरु संग सम्झैता गरेको क्याम्पस साहायक प्रमुख अरुण शाहानीले जानकारी दिनुभयो ।

विदेश अध्ययनका लागी इच्छुक विद्यार्थीहरुले अन्नपुर्ण मोडल कलेजमा स्नातक तह दुई बर्ष अध्ययन गरे पश्चात शुलभ र सहज तरिकाले विदेशका युनिभर्सिटीहरुमा वाँकि दुई बर्ष आफ्नो पढाईलाई निरन्तरता दिई चार बर्षकै स्नातक तहको मान्यता पाउने कलेजले जनाएको छ ।

अन्नपुर्ण मोडल कलेजलार्य सहि व्यवस्थापन र सयमको माग अनुसार पढाईमा गुणस्तरता दिई अगाडि बढाउने क्रममा निम्स कलेज सँगको सहकार्यमा अस्ट्रेलिया , अमेरिका लागाएतका विश्वविद्यालयहरुमा समेत अध्ययनको अवसर दिने उद्देश्यका साथ निम्पस कलेज संग सहकार्य गरेको कलेजका अध्यक्ष डा. धर्मराज भट्राईको भनाई छ ।

Leave A Reply

Your email address will not be published.