Sarawal sit lahar Notis

अनेरास्ववियु नवलपरासीको पालिका र क्याम्पस कमिटिको जिम्मेवारी प्रदान

जिल्ला अधिवेशनमा जुट्दै ,जिम्मेवारी लिन कसरत जारी

0 38

कृष्ण ढकाल
बर्दघाट,पौष–८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नवलपरासीको ६ वटा पालिकामा पालिका कमिटीहरु गठन भएकाछन । अनेरास्ववियुको केन्द्रीय सर्कुलर अनुसार बुधवार एकै दिन सबै स्थानमा पालिका कमिटीहरु गठन भएका हुन ।
अनेरास्ववियु नवलपरासीका सह–संयोजक तथा प्रवक्ता संजय मौर्यका अनुसार अनेरास्ववियुको सुनवल पालिका अध्यक्षमा जि.पि. न्यौपाने,बर्दघाट पालिका अध्यक्षमा अनिल पोख्रेल,रामग्राम पालिका अध्यक्षमा रामु पौडेल,प्रतापपुर पालिका अध्यक्षमा रामकृपाल गुप्ता,सुस्ता पालिका अध्यक्षमा सुकदेव गुप्ता र सरावल पालिका अध्यक्षमा महेश यादवलाई सर्वसम्वद रुपमा चयन गरीएको छ ।
नवलपरासी जिल्लाका ५ वटा क्याम्पसमा अनेरास्ववियुको सम्मेलन तथा अधिवेशन सम्पन्न भएका छन । हिजोमात्र भएका सम्मेलन तथा अधिवेशनले क्याम्पस कमिटिको अध्यक्षको जिम्मेवारी समेत प्रदान गरेको छ ।

दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाटमा किरन बस्याललाई ,देवकोटा क्याम्पस सुनवलमा बिनम भण्डारीलाई,पाल्हि बहुमुखि क्याम्पस परासीमा शिव ठाकुरलाई, मोतिलाल क्याम्पस भुमहिमा वसन्त भुषाललाई र त्रिभुवन बहुमुखि क्याम्पस वेलाटारीमा कमेश पासवानलाई अनेरास्ववियु क्याम्पस कमिटिको अध्यक्षको जिम्मेवारी प्रदान गरीएको अनेरास्ववियु नवलपरासीका सह–संयोजक तथा प्रवक्ता संजय मौर्यले बताउनु भएको छ ।

अनेरास्ववियुको सांगठनिक जीवनलाई पुनर्जागरण ल्याउने उद्धेश्यले अहिले देशैभरीका शैक्षिक संस्था र पालिका कमिटीहरु बनाउने र सदस्यता वितरण गर्ने कार्यलाई तिब्र रुपमा अगाडी बढाईएको अनेरास्ववियु नवलपरासीका अध्यक्ष निरज पौडेलले बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका अधिकांश शैक्षिक संस्थाहरु र पालिकाहरुमा संगठन निर्माणका अधिवेशन, पुनर्गठन र भेलाहरु भईरहेको र बिबिध कारणले सम्पन्न हुन नसकेका पालिका, क्याम्पस र माबिहरुमा छिटो भन्दा छिटो संगठन निर्माण गरेर जिल्ला अधिवेशनमा जुट्न सबै जिल्ला कमिटी र सम्बन्धीत इञ्चार्ज÷सह–इञ्चार्जहरुलाई निर्देशन समेत गरीएको अनेरास्ववियुका केन्द्रीय कमिटी उपाध्यक्ष यम पाण्डेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.