Jilla Ban Notis

अनेरास्ववियु दिब्य ज्योती बहुमुखी क्याम्पस ईकाई कमीटीद्धारा गजल प्रतियोगिता सम्पन्न् ।

0 131

कृष्ण ढकाल
बर्दघाट,फागुन–२
अनेरास्ववियु दिब्य ज्योती बहुमुखी क्याम्पस ईकाई कमीटीले प्रणय दिवसका अवसरमा गजल प्रतियोगिता सम्पन्न् गरेको छ । दुईमुटुको मिलन अनेरास्ववियुको प्रयास भन्ने मुलनाराका साथ शुक्रवार सम्पन्न् गरेको गजल प्रतियोगितामा सन्ध्या शर्मा प्रर्थम,प्रकृति सापकोटा द्धितीय र ईसा भूषाल तृतिय हुन सफल भएका छन् भने पुष्पा पाण्डे सान्तोना भएको प्रतियोगिताका निर्णायक कृष्ण अधिकारीले जानकारी दिनु भएको छ । अनेरास्ववियु दिब्य ज्योती बहुमुखी क्याम्पस ईकाई कमीटीका कोषाध्यक्ष गिरीराज भट्टराईको अध्यक्षता र अनेरास्ववियुका जिल्ला सह–संयोजक विशाल गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा क्याम्पसका सह–प्रध्यापकद्धय सागरमणी पाण्डे र दिपक खड्का लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथि विद्यार्थी नेता गिरीले गजल प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान र प्रस्फुटन गर्ने एउटा उदाहरणीय कार्य गरेको बताउनु भएको थियो । त्यसैगरी रचनात्मक र सृजनात्मक कार्यहरु वेला वेलामा हुन आवश्यक रहेको समेत बताउनु भएको थियो । कार्यक्रम प्रेम नेपालीले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.