Jilla Ban Notis

अनलाईन मार्फत नतिजा प्रकाशन, विद्यार्थीभर्ना र भिड नगराईकन किताव वितरण गर्न मन्त्री बरालको निर्देशन ।

0 42

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१६
कोभिट १९ को महामारीमा शिक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ ? भन्ने सन्दर्भमा हिजो सोमवार प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा सरोकारवालाहरुको बैठक सम्पन्न् भएको छ । बैठकले लकडाउनको बीचमा शुरु भएको नयाँ शैक्षिक शत्रमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउने तयारी गरेको छ । स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधी, विद्यालयका प्रतिनिधी, शिक्षक संघ संगठनका प्रतिनिधीहरु सहभागि सो बैठकले बालबालिकाको नतिजा प्रकाशन गर्ने र पाठ्यपुस्तक उनिहरुको हातमा कसरी पुर्याउने भन्ने बिषयका साथै पठन पाठनको बैकल्पिक विधिको बिषयमा छलफल गरिएको बताईएको छ ।
सोही क्रममा सामाजिक विकास मन्त्री सुर्दशन बरालले कक्षा ९ सम्मको वार्षिक परिक्षाको छिटटै नतिजा प्रकाशन गर्ने, किताव विद्यालय –विद्यालय पुराउने, विद्यालयले भिड नगराई किताव वितरण गर्ने, अनलाईन– टेलिफोन मार्फत विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउने निर्देशन दिनु भएको थियो । त्यसैगरी स्थान र पहुचको आधारमा भर्जुअल कक्षा, रेडियो टेलिभिजनबाट कक्षा संचालनको व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो । यहांले गाउंनै क्वारेन्टाईनको रुपमा रहेको खण्डमा कक्षा चलाउने लगायतको विकल्पमा मन्त्रालयले केहि नयां योजना ल्याउने समेत बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.