Jilla Ban Notis

अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग

0 56
उमेश बि.क
असाेज १०
पश्चिम नवलपरासीको पाल्हिनन्दनमा अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग गरिएको छ ।
ब्यवसाय प्रवर्द्वन तथा जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउने उद्देश्यले सुनवल सामुदायिक विकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयोग र पाल्हीनन्दन गाउपालिकाे समन्वयमा सन्चालित काेभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–६ लंगडीपाकडका अति बिपन्न भुमिहिन ,दलित ,अपांग ,परिवारकाे ब्यवसायमा विभिन्न सामाग्री सहयोग तथा बाख्रा वितरण गरिएको हाे ।
सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु बैजु प्रसाद गुप्ता (दिपक )को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा १६ जनालाई २ अाेटाकाे दरले उन्नत जातकाे बाख्रा तथा ८ जनालाई विभिन्न सामग्री (१ जनालाई चट्पट ठेलाकाे सामाग्री ,१ जनालाई चियापसलका भाडा सामाग्री तथा ग्यास ,१ जनालाई काउण्टर बेन्च, टेबल ,भैसिपालनकाे लागि १५ हजार १ जनालाई ,सुङ्गुर पालनकाे लागि १ जनालाई १५ हजार ,माेबाइल मर्मत सामाग्री १ जनालाई , १ जनालाई फेन्सि कपडा पसलकाे लागि १५ हजार ,चिया पसलको लागि खाद्य सामाग्री १ जनालाई ) निशुल्क रुपमा जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउनको लागि हस्तान्तरण गरिएको हाे ।
कार्यक्रममा बाेल्दै गाउपालिका अध्यक्ष गुप्ताले सुनवल सामुदायिक विकास केन्द्रले अति बिपन्न भुमिहिन ,दलित ,अपांग ,एकल महिलाहरुलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले कोभिड बिरुद्धको लडाईमा सबैको साथ सहयोग आवश्यक रहेको औल्याउदै समुदायको ब्यक्तिहरुकाे जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउनको लागि संघ संस्था हातेमालो गरि अगाडी बढ्नकाे निम्ति अनुरोध गर्दै गाउँपालिकाले हरेक सकारात्मक काममा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाले लंगडीपाकडका अति बिपन्न,भुमिहिन,गरिब,दलित,एकल महिलाहरुको जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउनको निम्ति संस्था र अाफु लागि परेको बताउनु भएको हाे । समुदायकाे स्तर उन्नतिकाे लागि सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल निस्वार्थ रुपमा लागि परेको हुनाले दिइएको सहयोग सामग्री सहि तरिकाले सदुपयोग गर्दै अाफु ब्यवसायिक रुपमा अगाडि बढ्दै अार्थिक उन्नतिमा बिकास गर्नुको साथै सफल ब्यवसायि बनेर देखाउन अाग्रह गर्नु भएको हाे ।जिविकोपार्जनकाे लागि उद्यम अति अावश्यक रहेकोले सहयोगबाट ब्यवसाय शुरु गरेर आत्मनिर्भर बनेर देखाउनु पर्ने बताउदै संस्थाले कोभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तर्गत असाेज ६ गते बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि १० जनालाई उन्नत बाख्राको पाठी वितरण गरेको र हाल वितरणबाट पाएकाे बाख्राबाट पशुपालन तर्फ जागरुक हुन अनुरोध गर्दै अर्थिक अायअार्जन गर्न सुझाव दिनुभएको हाे।
बाख्रा पालनकाे लागि उन्नत जातको पाठि तथा ब्यवसाय प्रबर्द्धनकाे लागि सामग्री पाएकाले खुशी हुदै साे सामग्री बितरणले अति बिपन्न बस्तीमा सिपमुखि र अाय अार्जन तथा अात्मनिर्भर कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन ।
जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष कृष्ण चन्द्र यादव ,वडा सदस्य अनिता सहानि ,कार्यक्रम संयोजक राधा सापकोटा,लेखापाल प्रकृति अधिकारी ,सहजकर्ता अशोक कुमार गुप्ता ,शक्ति काैशल लगाएतकाे सहभागीता रहेको थियाे ।

Leave A Reply

Your email address will not be published.