Jilla Ban Notis

अझै पनि बुढाको तौरतरिकाले युवा सम्मेलनको सुरुवात ,युवा मैत्री गरि सुधार गर्नु पर्ने मन्त्री बरालको जोड ।

0 21

रन्जीत शर्मा

२५ पुष , नेपालगन्ज
२१ ओ शताब्दीमा आइ सक्दा पनि ५०र६० वर्षका बुढालाई पनि युवा भन्नु गलत हो भन्दै ५ न० प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले आफू अहिले युवा न भएको बताउनु भएको छ ।  ५ न ० प्रदेशको आर्थिक राजधानी भनेर चिनिने बाकेको नेपालगन्जमा २ दिन सम्म चल्ने प्रदेश स्तरीय युवा सम्मेलन(२०७६ को उदघाटन गर्दै अहिले को युगमा कुनै पनि अतिथिलाइ पर्खेर कार्यक्रम ढिला गर्नु युवाको पहिचान न भएको र अहिले धेरै जसो कार्यक्रम बुढाको तौरतरिकाले कार्यक्रम सन्चालन भएकोले त्यसलाई युवा मैत्री गरि सुधार गर्नु पर्ने जोड दिनु भएको थियो । युवामा नयाँ सोच हुनुपर्ने भन्दै उहाँले जबसम्म एक युवाले अन्य उमेरभन्दा नयाँ सोंच प्रस्तुत गर्न सक्दैन तबसम्म उसलाई युवा भन्न नमिल्ने उहाँले दावी गर्नुभयो । सम्मेलनमा सहभागी युवाहरूलाई सम्बोधन गर्दै मन्त्री बरालले युवाहरूको बिकास तथा प्रदेशका युवालाई अगाडि बढाउन प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो ।उहाँले त्यसका लागि प्रदेश सरकार विभिन्न उद्धमका लागि बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । साथै उहाँले यस सम्मेलनले केही नयाँ गर्ने सोंचको बिकास होस भन्ने कामना समेत गर्नुभयो ।उधमि युवा समृद्ध देश, दिगो बिकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ नेपालगन्जमा आयोजित प्रदेश युवा सम्मेलन(२०७६ नेपाल युवा परिषद प्रदेश नं ५ का प्रदेश सन्योजक सोम गुरुङको अध्यक्षता , ५ न ० प्रदेश सरकार समाजिक विकास मन्त्रालयका मन्त्री सुदर्शन बरालको प्रमुख अतिथिक्ता, प्रदेश सांसद कृष्ण केसी नमूनाको बिशिस्ट अतिथिक्ता , नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा , बैजनाथ गाउँपालिकाका उपाध्यक्ष, बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका, बांकेका प्रहरी प्रमुख वीर बहादुर वली, विभिन्न संघ संस्थाका प्रमुखको उपस्थित रहेको थियो । आयोजक नेपाल युवा परिषद प्रदेश ५ का संयोजक सोम गुरूङका अनुसार १२ वटै जिल्लाका करिब १५० जना युवाहरूको सहभागिता रहेको छ ।‘उधमी युवा समृद्ध देशस् दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ शुरू भएको सम्मेलनले युवालाई उद्धमका क्षेत्रमा सरकारले प्रभावकारी कदम चाल्ने शन्देस दिंदै समापन गिरनेछ । दुई दिनसम्म विभिन्न बिषयमा कार्यपत्र समेत प्रस्तुत हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.