Jilla Ban Notis

अखिल नेपाल किसान महासंघद्धारा स्थानिय तहलाई ज्ञापन पत्र ।

0 93

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१०

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले नवलपरासीका स्थानिय तहलाई ज्ञापन पत्र बुझाएको छ । किसानहरुको पक्षमा रहेर आगामि आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको महासंघले जनाएको छ ।

अखिल नेपाल किसान महासंघ केन्द्रीय स्थायी कमिटी सदस्य फुलकुमारी गिरी,स्थायी कमिटी सदस्य राजन आचार्य प्रदेश विभाग सदस्य बुद्धि भट्टराई, जिल्ला सदस्य देवी बस्याल , सरावल अध्यक्ष टंक ढकाल र मनगोल्डी लगाएतको टोलीले आज बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ र सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीलाई उहााहरुकै कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।

अहिले हरेक पक्षवाट सबैभन्दा बढिमारमा किसान पर्ने गरेकाले किसानका पक्षमा रहेर स्थानिय तहले आफ्ना योजनाहरु सहितको निति तथा कार्यक्रमहरु ल्याउनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरीएको छ । किसानहरुका लागि चाहिने मल र बिउ समयमा नपाइने ् पाईहाले पनि गुणस्तरीय नपाउने कारणले किसानहरु मारमा परेकाले स्थानिय तहले त्यसको उचित अनुगमन तथा ब्यवास्थापन गर्न अखिल नेपाल किसान महासंघले ४० बुधे ज्ञापन पत्र मार्फत माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.