Jilla Ban Notis

रामग्राम नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री बितरण

0 30

गौरीशंकर जयसवाल
परासी १४ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री बितरण गरेको छ । नगरपालिकाले मनकामना कृषि समूह रामग्राम ८का किसानहरुलाई कृषि सामाग्री बितरण गरेको हो । रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषक समूहका किसानहरुलाई कृषि सामग्री बितरण गरिएको रामग्राम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
किसानहरुलाई कृषि पेशालाई व्यावसयिक रुपमा अगाडी बढाउने र उत्पादनमा बृद्धि गर्न उदेश्यले उक्त कृषि उपकारण बितरण गरिएको नगरप्रमुख गुप्ताले बताए ।

किसानहरुलाई पम्पु सेट ६थान,पम्प ५ थान ४५ थान,स्पेयर मेसिन २० थान,तरकारि राख्ने क्यारेट ३५ थान हात्ते ट्याक्टर १० थान मिनिलिटर ३ पिस पाईप लगायतको कृषि सामाग्री बितरण गरिएको रामग्राम नगरपालिकाका वडा नं ८का वडाअध्यक्ष महेन्द्र ठाकुरले बताए ।
कृषिका शाखा प्रमुख कुलदीप मिश्राले बताए । ५० प्रतिशत अनुदानमा ९ लाख बराबराको कृषि सामाग्री बितरण गरिएको ठाकुरले जानकारी दिए । त्यस्तै रामग्राम नगरपालिकाले रामग्राम वडान१२का कृषक समूहका किसानहरूलाई कृषि सामाग्री बितरण गरेको छ ।
नगरपालिकाले ५०प्रतिशत अनुदानमा कृषक समूहका किसानहरूलाई कृषि सामाग्री बितरण गरेको नगरपालिकाले जनाएको छ ।किसानहरूलाई पवार लिटर २ थान,पम्पुसेट १४ थान,मोटर १० थान,५ थान डेढ एचपिको मोटर,स्पेयर ट्याक्कि १६ थान,सेलामि ६थान बितरण गरिएको नगरपालिकाका कार्यपालिका सदस्य रोशन कुमार शाहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.