sunwal

बर्दघाट नगरपालिकाद्धारा ९२ करोड ९२ लाख रुपैयाँको वार्षीक बजेट सार्वजनिक

506

कृष्ण ढकाल
बर्दघाट,असार–११
बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९२ करोड ९२ लाख रुपैयाँको वार्षीक बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको बर्दघाट नगरपालिकाको नगरसभाको १८ औँ अधिवेशनमा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले प्रस्तुत गर्नुभएको बजेट भाषणमा ९२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

बर्दघाट नगरको कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र नागरिकको जीवनस्तर उकास्ने गरी ल्याइएको उक्त बजेटमा चालु खर्चतर्फ ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ३१ करोड २८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।

बर्दघाट नगरपालिकाले सार्बजनिक गरेको आ.ब. २०८३/०८४ को बजेटमा भौतिक पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ भने नगर प्रमुखका १२ अभियान, युवा स्वरोजगार तथा क्षमता विकासमा केन्द्रित रहेर “युवासँग उपमेयर” कार्यक्रमलाई पनि उत्तिनै प्राथामिक्तामा राखेको पाईन्छ ।