sunwal

बर्दघाट स्पाइन र स्पोर्ट्स फिजियोथेरापीले आफ्नो सेवा शुरु गर्यो

404

बर्दघाट,असार–१३
बर्दघाट–४, शिवनगर कोलोनीस्थित बर्दघाट स्पाइन र स्पोर्ट्स फिजियोथेरापीले आज देखि आफ्नो सेवा शुभारम्भ गरेको छ। फिजियोथेरापिस्टद्वारा ढाड तथा घाँटी दुखाइ र जोर्नी तथा मांसपेशीसम्बन्धी समस्या भएका विरामीहरुको उपचारका लागि सहजता प्रदान गर्ने उद्धेश्यले सञ्चालनमा ल्याइएको उक्त फिजियोथेरापी बर्दघाट क्षेत्रमा नै अत्याधुनिक रहेको सञ्चालक डा। युवराज यादवले बताउनु भएको छ ।
थेरापी मार्फत अनुभवी , पक्षघात पछि हुने पुनर्स्थापना, खेलकुदजन्य चोटपटक, स्नायु तथा हड्डीसम्बन्धी समस्या, शल्यक्रिया पछिको पुनर्स्थापना तथा अन्य विभिन्न फिजियोथेरापी सेवाहरू एकै स्थानबाट प्रदान गर्नेगरी सेवा शुरु गरीएको थेरापी सेन्टरका सञ्चालक यादवको भनाइ रहेको छ ।
आधुनिक उपकरण, गुणस्तरीय सेवा तथा बिरामीमैत्री वातावरणमार्फत बर्दघाट तथा आसपासका नागरिकलाई सहज, प्रभावकारी र विश्वसनीय फिजियोथेरापी सेवा उपलब्ध गराउने उद्देश्यका साथ थेरापी सञ्चालनमा ल्याइएको सञ्चालक डा। युवराज यादवले जनाउनु भयको छ ।

थेरापीले स्थानीय बासिन्दालाई विशेषज्ञ फिजियोथेरापी सेवाका लागि टाढा बुटवल, भैरहवा, चितवन जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेको छ। उद्दघाटनको दिन २३ जना विरामीलाई निशुल्क सेवा प्रदान गरियको सञ्चालक डुम्रेले बताउनुभयो