Bardaghat Na pa

बर्दघाटका ब्यापारीहरुद्धारा आइसोलेशनलाई एक थान फ्रिज हस्तान्त्रण

25

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–६
बर्दघाट नगरपालिकाले संचालन गरेको चिसापानीको आइसोलेशनलाई बर्दघाट नगरका ब्यापारी संगठनका अध्यक्षहरुले एक थान फ्रिज हस्तान्त्रण गरेका छन । बर्दघाट उधोग बाणिज्य संघ, बर्दघाट बजार विकास समिति, पञ्चनगर बजार विकास समिति र जिमिरेभार व्यापार संघका अध्यक्षहरु मिलेर रु ५१ ह्जार बराबरको एक थान फ्रिज हस्तानत्रण गरेका हुन् ।
आईसोलेसन सेन्टरमा औषधी तथा इनजेक्शन राख्नको लागि फ्रिजको अभाव भएको देखेपछि चारजना अध्यक्षहरु मिलेर एक थान फ्रिज खरीद गरी आज नै नगर प्रमुख धीरज शर्मा बस्याल र चिसापानी आईसोलेसनमा कार्यरत डा. शान्ति के.सी. को रोहभरमा आईसोलेसनलाई हस्तान्त्रण गरिएको बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जानकारी दिनु भयो ।
बर्दघाट नगरपालिकाले चिसापानीमा निमार्ण गरेको नयां अस्पताल भवनवाट एचडीयू सेवा सहितको सेवा प्रदान गरेको छ ।