Jilla Ban Notis

बर्दघाट बजार विकास समितिका नव निर्वाचित पदाधिकारीलाई शपथ ग्रहण तथा पद हस्तान्तरण

0 45

रामु भुषाल
बर्दघाट,बैशाख–११
बर्दघाट बजार विकास समिति बर्दघाट ४ पश्चिम नवलपरासीको १० औ साधारण सभा तथा छैठौ अधिबेशन बाट नव निर्वाचित पदाधिकारीहरुलाई शनिबार एक कार्यक्रमका बिच शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम संस्थाको प्राङगणमा सम्पन्न भएको छ ।
सो अधिबेशनका निर्वाचन मण्डलका संयोजक रामकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिनुका साथै शपथ ग्रहण गराउदै पद हस्तान्रण गरिएको हो । उक्त कार्यक्रममा पद हस्तान्तरण गर्दै बर्दघाट बजार बिकास समितिका सनिवर्तमान अध्यक्ष शोभाकान्त कोईराला शिवले आफुले ल्याएका योजना हरुव्यापारी र उपभोक्ताालाई सहज हुने गरी कार्यान्व्यन गर्न आग्रह गर्दै आफु सदैव सुमिति लाई सहयोग गर्न कटिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा निर्वाचित अध्यक्ष तारा प्रसाद गौतमले सबैको साथ र सहयोग लिएर आफु अगाडी बढ्ने बताउदै बजारका विविध समस्या र चुनौती रहेको हुदा सम्बन्धित निकाय संग समन्वय गरि समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
निर्वाचन मण्डलका सदस्य कृष्ण हरि पौडेलको सञ्चालन रहेको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, नवनिर्वाचित पदाधिकारी, पुर्व कार्य समिति पदाधिकारी, सल्लाहकार लगाएतको सहभागिता रहेको थियो ।
निर्वाचनका क्रममा बर्दघाट नगरमा क्रियाशिल राजनीतिक दलहरु सबै एकातिर र नेकपा (एमाले) एक्लै एकातिर भएर होमिदा समेत अध्यक्ष तारा गौतम सहित सिंगो प्यानल विजयी भएको थियो ।


समितिको निर्वाचनमा नेकपा एमाले निकट ब्यबसायीहरुको नेतृत्व गरेका अध्यक्षका उमेदवार तारा गौतमले ४ सय १९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धि अर्थात नेकपा एमाले बाहेका अन्य दल निकट ब्यबसायीहरुको संयुक्त प्यानलका अध्यक्ष पदका उमेदवार प्रकाश कुमार सुनारले ४ सय ७ मत प्राप्त गर्नुभएको थियो भने उपाध्यक्षमा तारा गौतम प्यालनका खेमराज सापकोटाले ४ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्धन्द्धि गंगा पाण्डेले ३ सय ७४ मत प्राप्त गर्नुभएको थियो ।
सचिव पदमा गोकर्ण शर्मा ४ सय २१ मतका साथ विजयी हुनुभएको थियो । उहाँका निकटतम रमेश श्रेष्ठले ३ सय ८६ मत प्राप्त गर्नुभएको छ भने सह–सचिवमा राधा कुमारी बस्याल गैरेले ४ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम केशमाया गुरुङले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्ष पदमा ईन्द्र बहादुर विकले ४ सय २२ मत प्राप्त गर्नु भएको छ भने उहांका प्रतिद्धन्द्धि लिलाहरी पौडेल(राजु)ले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यहरुमा सोभा सुवेदीले ४ सय ३४ मत ल्याउनु भएको छभने गोविन्द पाध्या आचार्य ४ सय २३ मत, हेमकुमार शर्मा ४ सय ८ मत, ज्ञानु पुनले ४ सय २८ मत , रोशनी वर्मा पाण्डे ले ४ सय २२ मत, दिपक न्यौपानेले ४ सय३७ मत, नारायण बहादुर दामाई ४ सय ७ मत र भुमिराज कंडेल (राजेश) ले ४ सय ३४ मत ल्याएर विजयी हुनुभएको छ ।
३ हजार ३ जना सदस्यहरु रहेको बर्दघाट बजार विकास समितिमा ९ सय ८७ जना सदस्यहरुले मात्र आफ्नो सदस्यता नविकरण गरेका कारणले निर्वाचनमा ९ सय ८७ जनालेमात्र भागलिन पाउनेगरी निवार्चन समितिले निर्वाचन गराएको थियो ।

Leave A Reply

Your email address will not be published.