sunwal

नगरपालिकाको मुलगेटलाई शौचालयको रुपमा प्रयोगगर्दा समेत नगरपालिका मौन

133

बर्दघाट,चैत्र–९
बर्दघाट नगरपालिकाको मुल गेटलाई रातीको समयमा शौचालयको रुपमा प्रयोगगर्दा समेत नगरपालिका मौन बसेको छ । रातीको समयमा प्रायजसो दैनिक रुपमा बर्दघाट नगरपालिकाको मुल गेटमा खुल्ला रुपमा पिसाब गर्ने गरेको स्थानियवासीहरुको भनाई रहेको छ ।

मदिरा सेवन गरेर राती अबेर सम्म अनावश्यक रुपमा हो–हल्ला गरेर सुत्न नदिने र घरवाहिर जथाभावि पिसाव गर्ने गरेको भन्दै बर्दघाट नगरपालिकामा पटक–पटक जानकारी गराउदा पनि कुनै सुनुवाई नभएको स्थानियवासीहरुले गुनासो गरेका छन् ।

नगरपालिकाको मुलगेटमा रातीको समयमा शौंच नगर्न र नगराउन सरोकारवाला ब्यक्ति तथा ब्यवसायिलाई पटक–पटक आग्रह गर्दा समेत नमाने पछि नगरपालिकामा जानकारी गराउदा नगरपालिका मौन रहेको उनीहरुको गुनासो रहेको छ ।

स्थानियले दिएको गुनासो सहितको निवेदन

नगरपालिकाको मुल गेटलाई नै खुल्ला पिसाब गर्ने स्थलका रुपमा प्रयोग गरेको सह प्रमाण जानकारी गराउदा समेत कुनै सुनुवाई नभए पछि स्थानियवासीहरुले वडाकार्यालसंग गुहार माग्न पुगेको बताएका छन् ।

यसरी वडा कार्यालय देखि नगरपालिका सम्म पुग्दापनि अझै समस्याको समाधान नभएको उनीहरुको गुनासो रहेको छ ।