sunwal

बर्दघाट नगरपालीकाद्धारा महिलाहरुका लागि आधारभुत तालिम प्रदान

135

बर्दघाट,पुष–१७
पश्चिम नवलपरासी बर्दघाट नगरपालीकाको आयोजनमा महिला समुह समिति सहकारीका सदस्य हरुलाई आधारभुत  ५ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।

बर्दघाट नगरपालीकाकी उपप्रमुख एंव न्यायीक समिति संयोजक माया देबी पौड्लको अध्यक्षतामा सम्पन्न तालिममा नगर भित्रका महिला सहकारी का ३० जना को सहभागीता रहेको थियो कार्यक्रममा आधारभुत तालिम अन्तरगत नगरपालिकाले दिने सेवा सुविधा प्रतिवेदन लेखन, प्रस्तवाना लेखन, समुह गठन, समुह बचत, प्रजन्न स्वास्थ, लैगिक हिंसा र बिध्यमान कानुनका बारेमा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मेधराज पाध्य, लेखा अधिकृत बिष्णुलाल पुरी, कार्यक्रम अधिकृत पुस्कर काफ्ले, स्वास्थ शाखा प्रमुख माधब ज्ञवाली, महिला तथा बाल बालीका शाखा प्रमुख अप्सरा सुवेदी, इलाका प्रहरी कार्यलय बर्दघाटका प्रहरी प्रमुख कपिल वाग्ले लगायतले सहजीकरण गनु भएको थियो ।

समापन कार्यक्रमा सहभागीलाई प्रमाण पत्र बितरण समेत गरिएको थियो । कार्यक्रमा सहभागीको तर्फबाट देबी कार्की, पत्रकार रामु भुसाल लगायतले मान्तव्य राख्नु भयको कार्यक्रमको सञ्चालन महिला तथा बाल बालीका शाखा प्रमुख अप्सरा सुवेदीले गर्नु भएको थियो ।