Bardaghat Na pa

शान्तिका लागी आणविक हतियार निषेध गर्नु पर्नेमा जोड

22

प्रकाश न्यौपाने
बर्दघाट,मंसिर–२५
पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित एक कार्यक्रमका वक्ताहरुले शान्तिका लागी आणविक हतियार निषेध गर्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार तथा शाान्ति समाज नवलपरासीले  अन्तराष्टिय मानव अधिकार दिवसको अवसारमा बोन्दै प्रमुख वक्ता संविधान सभा सदस्य विक्रम खनालले देशमा भै्हेका अमानविय व्यवहारला्रई राज्यले कम गर्नु पर्ने बताउनु भयो । देशमा सामाजिक न्याय छ की छैन भन्ने प्रश्नको उत्तर खोज्नु पर्ने समय आएको बताउदै खनालले देशको विकासका लागी देशमा सामाजिक तथा आर्थिक न्याय हुनुपर्ने बताउनु भयो ।
७२ औ अन्तराष्टिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा मानव अधिकार तथा शाान्ति समाजका केन्द्रिय सदस्य मोहन विक, कृषि संयोजक कुलदिप आचार्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायण सुवेदीलागायतले बोल्दै नेपालले आणविक हतियार निषेध सन्धी तत्काल अनुमोदन गर्नुपर्ने बताउनु भएको छ ।
मानव अधिकार तथा शाान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष कृष्ण नारायण श्रेष्ठ र सञ्चालन सचिव गणेश न्यौपानेले गर्नु भयो ।