Jilla Ban Notis

बर्दघाटमा मापदण्ड विपरीत वस्तु बेच्ने व्यापारीलाई जरिवाना (भिडियो सहित)

0 27

असोज २९
जिल्ला बजार अनुगमन समितिले आज पश्चिम नवलपरासीको बर्दघाटका विभिन्न बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको नेतृत्वमा गएको टोलीले मापदण्ड विपरीत बस्तु विक्री वितरण गर्ने व्यापारीलाई जरिवाना गरेको छ ।
सो बापत रु एक लाख ८० हजार राजस्व संकलन भएको छ । उपभोक्ताको सूचनाको आधारमा अनुगमन टोली त्यहाँ पुगेको थियो । अनुगमन टोलीले बर्दघाट वडा नं.१,४ र ७ का किराना, हार्डवेयर,फेन्सी लगायतका नौ वटा पसलहरुमा अनुगमन गरेको हो भने बर्दघाट–१२ चौपत्तामा गत असोज २५ गते गरिएको अअनुगमनको क्रममा शिल गरिएको सुर्य मसला उद्योगले सवै मापदण्ड पुरा गरेपछि आज शिल खोलिएको छ ।
उद्योगलाई तोकिएको रु ६० हजार जरिवाना भुक्तान गरेको तथा आवश्यक सम्पूर्ण कागजात पेश गर्नुका साथै साईनबोर्ड राखेको र प्याकेजिङको पनि अनुमति लिएकोले उद्योगमा लगाईइको शिलबन्दी आज स्थानीय वडाका जनप्रतिनिधि,प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिको रोहबरमा खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी माझिले बताउनुभयो ।
अनुगमन टोलीले आज मापदण्ड विपरीत वस्तु विक्री वितरण गरी उपभोक्ता ठगि गरेको अभियोगमा बर्दघाट–७ का एञ्जेल्स एण्ड एलेक्स फन्सी, जिमिरेभार टेडर्स र श्रीकृष्ण ईन्टरप्राईजेजलाई रु ६० हजारका दरले जरिवाना गरिएको सहायक प्रजिअ माझिले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार, सुरक्षाकर्मीसहितको उक्त टोलीले अनुगमन गर्दा बर्दघाट–१ को बाल्मिकि स्टोर्समा मूल्यसूची नभएको, म्याद गुज्रेका सामान छुट्टै नराखेको पाईएको थियो । उक्त पसलबाट बोत्तलमा विक्री गरिरहेको अवस्थामा दश बोत्तल पेट्रोल तथा म्याद नागेका पेप्सी एक बोत्तल, जुस, ट्वालेट क्लीनर जफत गरी नष्ट गरिएको छ ।
बर्दघाट–७ का जिमिरेभार टेडर्सबाट लेभल नभएका मह, म्याद गुज्रेका कम्पेलेन, गुल्कोज लगायतका वस्तु जफत गरि नष्ट गरिएको छ । मूल्यसूची अपडेट नभएको तथा साईनबोर्ड पनि नभएको र म्याद गुज्रेका वस्तु विक्री वितरण गरेकोले रु ६० हजार जरिवाना पनि गरिएको टोलीले जनाएको छ । सोही स्थानको एञ्जेल्स एण्ड एलेक्सी फेन्सीले अनुमति नलिई फेन्सी, जुत्ता, चप्पल खरिद विक्री गरेको पाईएपछि पुँजी वृद्धि गर्न सचेत गराउँदै रु ६० हजार जरिवाना गरिएको छ ।

यस्तै जिमिरेभारकै श्रीकृष्ण ईन्टरप्राईजेजमा म्याद नाघेका कलर पेन्ट र लेभल नभएका ताडपिन तेल फेला पारी नष्ट गर्नुका साथै रु ६० हजार जरिवाना गरेको छ । उक्त पसलबाट म्याद नाघेका कलर टेन्ड विस लिटर, डाँफे ईनामेल आठ डिब्बा, पशुपति ईनामेल पन्ध्र डिब्बा, ताडपिन दश लिटर लगायत जफत गरिएको थियो ।

सोही स्थानको जिसी हार्डवेयरमा पनि अनुगमन गर्दा लेभल नभएको २० लिटर ताडपिन तेल जफत गरी नष्ट गरिएको छ । बर्दघाट–४ को रम्भादेवी सप्लायर्सले मूल्यसूची नराखेको, साईनबोर्ड नभएको, उपभोक्तालाई विल नदिने गरेको, म्याद गु्रजेका सामान छुट्टै नराखेको पाईएपछि सुधार गर्न सचेत गराईएको अनुगमनमा सहभागि घरेलु तथा साना उद्योग कार्यालयका लल्लन कुर्मीले बताउनुभयो । उक्त पसलबाट म्याद नाघेका ३३ प्याकेट किसमिस, नरिवल एक केजी, सूर्ति दुई प्याकेट जफत गरी नष्ट गरिएको छ । सोही स्थानको केशव दाजुभाई फेन्सीलाई दर्ता प्रमाणपत्र देखिने गरी फे्रममा राख्न निर्देशन गरिएको छ । सोही स्थानको रुपक एण्ड विनोद मदिरा पसलले उपभोक्तालाई विल नदिने गरेकोले सचेत गराईएको छ । जफत गरिएका वस्तुहरु ईलाका प्रहरी कार्यालय बर्दघाटमा स्थानीयवासी र पत्रकारको रोहबारमा नष्ट गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.