Jilla Ban Notis

बर्दघाट नगरपालिकाले स्वास्थ्य स्वयमसेवीकाहरुलाई अवकास हुंदा २ लाख दिने

अब देखि घरमा नै गएर सुत्केरी आमाको स्वास्थ्य परिक्षण गर्ने

0 32

कृष्ण ढकाल

बर्दघाट,असोज–२२
बर्दघाट नगरपालिकाले नगर भित्रका सबै स्वास्थ्य कार्यालयहरुमा कार्यरत नसिङ्ग कर्मचारीहरुका लागि एक दिने उत्तर प्रसुती सेवा (पि.एन.सि.) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले आयोजना गरेको उत्तर प्रसुती सेवा (पि.एन.सि.) सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख माधम ज्ञवालीको सहजी करणमा सम्पन्न् भएको थियो ।

नगरपालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख वस्यालले नगरका स्वास्थ्य स्वयमसेवीकाहरुलाई अवकास हुंदा नगरपालिकाले २ लाख रुपैया दिने निर्णय गरेको जानकारी गराउनु भएको थियो । त्यसैगरी महिला र बाल बालिकाहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै नगरपालिकाले नगरको पहाडी क्षेत्रवाट स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र एक कुरुवालाई खानाको ब्यवस्था गरेको समेत जानकारी गराउनु भएको थियो ।

त्यसैगरी अब देखि नगरपालिकाले सुत्केरी भएका आमाहरुको लागि सुत्केरी भएको २ दिन र ७ दिनमा गरी दुई पटक घरमा नै गएर सुत्केरी आमाको स्वास्थ्य परिक्षण गर्ने नयां योजना अघि सारेको स्वास्थ्य शाखा प्रमुख माधम ज्ञवालीले बताउनु भएको छ ।

कार्यक्रममा नगर उप–प्रमुख मायादेवी पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय,जिल्ला स्वास्थय कार्यालय नवलपरासीका निमित्त प्रमुख कृष्ण पोख्रेल लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन गोपाल पाण्डले गर्नु भएको थियो ।        https://www.youtube.com/watch?v=b-LBDVsdpzo&t=3s

 

Leave A Reply

Your email address will not be published.