Bardaghat notish

कृषकहरुलाई अनुदानमा तरकारीको बीउ बितरण

181
उमेश बि.क
सरावल , २२ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ब्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण गरिएको छ। सरावल गाउँपालपका कृषकहरुलाई तरकारी उत्पादनमा आत्म निर्भर बनाउन ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बुधबार २५ जना कृषकलाई बितरण गरिएको कृषिशाखा प्रमुख कुलदिप नरायण मिश्रले बताए ।
कृषिशाखा प्रमुख मिश्रका अनुसार १०० जना कृषकलाई तरकारीको बीउ बितरण गरिने छ ।
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल , वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय लगाएको उपस्तिथिमा कृषकहरुलाई बीउ बितरण गरिएको थियो ।