Bardaghat notish

नवलपरासीमा मुस्लिम विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया थालियो ।

159

परासी, १२ असार

पश्चिम नवलपरासीमा मुस्लिम विश्व विद्यालय स्थापना गरिने भएको छ । कुतबुलमदार शाह दरगाहा कमिटी सुस्ता गाउँपालिका–३ ले विश्व विद्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरेको हो । कमिटीका अध्यक्ष निजामुद्धिन मियाको अध्यक्षतामा बसेको बैठकले मुस्लिम आदिवासी, जनजाति, असहाय, विपन्न, पिछडावर्ग, दलित समुदायका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न मुस्लिम विश्वविद्यालय स्थापनाको आवश्यकता महशुस गरी उक्त निर्णय गरेको जनाएको छ ।

मदारबाबा अन्र्तगत स्थापना हुने उक्त विश्वविद्यालय स्थापनाको लागि आवश्यक पहल गर्न र कानूनी प्रक्रिया पूरा गर्नका लागि मूस्लिम अगुवा बुद्धन अलिको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा हैदरअलि मोमिन, घनश्याम यादव, अशोकजंग राणा, अजमुद्धिन मिया, रियाजुलहक अंसारी, वरिष्ठ अधिवक्ता बाबुराम पौडेल, मुकुन्द पौेडेल, प्रभु विश्वकर्मा, अब्दुल मजिद अन्सारी, मदारबाबाका गद्दीनसिन अमिरुल्लाह अन्सारी रहनुभएको सचिव अजमुद्धिन मियाले जानकारी दिनुभयो । ईस्लाम शिक्षाका लागि अहिले यहाँका विद्यार्थीहरु भारत जानुपर्ने बाध्यता छ ।