कृष्ण ढकाल
बर्दघाट, असोज- १०
बर्दघाट नगरपालिकाको वासशाखाले नगरमा रहेका खानेपानी संस्थाका सन्चालक, कर्मचारी एवं सुरक्षा योजना टोलीलाई खानेपानी सुरक्षा, संस्था सन्चालन, र जिम्मेवारीका बारेमा जानकारी दिने कार्यक्रम शुरु गरेको छ।
नगरमा सुचिकृत भएका १२ वटा संस्थाका सञ्चालक, कर्मचारी एवं सुरक्षा योजना टोलीलाई उनीहरुको पायक पर्ने स्थानमा जम्मा गरेर अन्तरक्रियात्मक रुपमा अनुभव आदान प्रदान गर्दै विषय विज्ञहरुबाट सहजिकरण गर्ने कार्यको सुभारम्भ गरीएको बर्दघाट नगरपालिका वासशाखा प्रमुख कृष्णहरि पौडेलले बताउनु भएको छ। शुक्रवार जहदा खानेपानी संस्थाको सभाहल देखि शुरु गरीएको उक्त कार्यक्रम शनिवार बर्दघाट खानेपानी संस्थाको सभाहलमा सञ्चालन गरीएको थियो। बर्दघाटमा भएको उक्त कार्यक्रममा दाउन्ने देवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट १५, पृथ्वीवस्ती र दाउन्ने देवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बर्दघाट-१४, धर्मवस्तीका सन्चालक, कर्मचारी एवं सुरक्षा योजना टोलीका सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको थियो।
बर्दघाट नगरपालिकाका नगर उप-प्रमुख रुद्रप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वास शाखा प्रमुख कृष्णहरि पाैडेलले खानेपानी सुरक्षा योजना टोली गठन, नेतृत्वको भुमिका तथा जिम्मेवारीका बारेमा सहजीकरण गर्नु भएको थियो। त्यसैगरी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक विष्णुकुमार भुषालले खानेपानी सुरक्षा योजना टोलीको काम कर्तब्य र भुमिकासँग आफ्नो संस्थामा गरीएका असल अभ्यासहरुका वारेमा जानकारी गराउनु भएको थियो। सोही कार्यक्रममा बर्दघाट नगरपातिकाकी पोषण कार्यक्रम संयोजक रिता कापलेले सुरक्षीत खानेपानी संगै पोषण र सन्तुलित आहारको महत्वका बारेमा जानकारी गारउनु भएको थियो।
खानेपानी सुरक्षा, संस्था सञ्चालन र जिम्मेवारीका वारेमा जानकारी दिन आयोजना गरीएको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर उप-प्रमुख रुद्रप्रसाद उपाध्यायले नगरवासीहरुको स्वास्थ्य प्रति नगर जिम्मेवार हुदै नगरका सबै खानेपानी आयोजनाहरुले वितरण गर्ने पानीको नियमित गुणस्तर चेकजाँच गर्न नगरले खानेपानी प्रयोग शाला स्थापना गरेको बताउनु भयो। निःशुल्क प्रयोग गर्ने गरी नगरले बर्दघाट खानेपानी संस्थासँग सहकार्य गरेर स्थापना गरेको खानेपानी ल्याबको भरीपूर्ण प्रयोग गर्नका लागि सबैसंग आग्रह गर्नु भएको थियो। नगरका कुनै पनि खानेपानी आयोजनाहरु रकम अभावकै कारण समस्यामा नपर्ने दावीगर्दै नगर उपप्रमुख उपाध्यायले असोज मसान्त भित्र बार्षिक साधारणसभा गर्ने र संस्थालाई पारदर्शी मितव्यपी बनाउदै सबैको अपनत्व हुनेगरी संस्था सञ्चालन गराएमा बजेटको कमी नहुने दृष्तान्ट प्रस्तुत गर्नु भएको थियो। अहिले संघिय अनुदानमा नगरमा आउने १ करोड रकम नगरका सबै खानेपानी आयोजनाहरुमा मिलाएर खर्च गर्ने भएकाे हुँदा आफ्नो संस्थामा अतिआवश्यक योजना नगरको वास शाखा मार्फत माग गर्न आग्रह गर्नु भएको थियो।

त्यस्तै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य एवं बर्दघाट खानेपानी तथा सरसफाई उपभोकात संस्थाका अध्यक्ष दिपक लम्सालले नगरमा रहेका खानेपानी संस्थाका संचालक, कर्मचारी एवं सुरक्षा योजना टोलीको क्षमता अभिवृद्धि र जनतालाई शुद्धखानेपानी तथा सरसफाई सेवा सुलभ गराउन नगरले शुरु गरेको कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताउनु भएको थियो।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष देविदत्त सापकोटा, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) लगाएतले आ-आफ्ना भनाईहरु राख्नु भएको थियो।
