बर्दघाट ,असोज- ४
बर्दघाट प्रेस क्लबको चौथो वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ। सभामा बोल्दै बर्दघाट नगरपालिकाका उप- प्रमुख रुद्र प्रकाश उपाध्याले पत्रकारिता भन्दा पनि व्यक्तिगत प्रवृत्ति हावी भएका कारण पत्रकारलाई थप चुनौती थपिएको बताए।
उनले व्यक्तिगत भन्दा पनि संगठनका रुपमा अघि बढे चुनौतीसँग सामना गर्न सहज हुने बताउँदै पत्रकारीतामा नयाँ अनुहार आउने चुनौती थपिएको उल्लेख गरे । उनले संस्थालाई परनिर्भर बनाउन नहुने उल्लेख गर्दै नयाँ श्रोत र सम्भावनाको खोजी गर्दै बलियो बनाउनु पर्नेमा जोड दिए ।
बर्दघाट नगरका नगर प्रवक्ता सन्त बहादुर गाहाले बर्दघाट नगरपालिका सञ्चारमा क्षेत्रमा आत्म निर्भर भएको बताए। उनले पत्रकारिता सरकारको विपक्षमा हुनुपर्ने भन्दै प्रचार भन्दा पनि सचेत गराउने समाचारलाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार प्रकाश न्यौपानेले अबको पत्रकारिता विधागत पत्रकारिता गर्ने पर्ने विचार व्यक्त गरे।
बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले स्थानीय संघ संस्थाहरुलाई बर्दघाट प्रेस क्लबले निभाएको भूमिका श्रहानिय रहेको भन्दै पदीय दायित्व बिर्सेर अन्यत्रको पत्रकारले जस्तो गतिविधि नगरिदिन आग्रह गरे।
बर्दघाट व्यापार संघका उद्योग उपाध्यक्ष लिलाहरी पौडेलले पत्रकारले आफ्नो धर्मलाई मध्यनजर गर्दै सत्य तथ्यका आधारमा सम्प्रेषण गर्न आग्रह गरे।
यस्तै, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल कसैको प्रलोभनमा या दवावमा नपरी सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै सहकार्य गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङले कतिपय सामाजिक संजाल कारण समाचारको विश्वसनीयता माथि प्रश्न उठेको बताए। उनले सही कुन र गलत कुन समाचार भन्ने सामान्य नागरिकलाई पहिचानमा समस्या आउँदा समाज बिथोलिएको बताए।
कार्यक्रममा संस्थाका अध्यक्ष कुश्माकर ढकालले संस्थाको गतिविधि प्रस्तुत गरेका थिए।उनले प्रेस क्लब कुनै सस्थाको प्रतिष्पर्धी नरहेको उल्लेख गर्दै पत्रकारहरुको एक्यवद्धताको उदाहरणको रुपमा बुझ्न आग्रह गरे ।नवलपरासीमा पछिल्लो समय सञ्चार सस्थाहरु बन्द हुँदै गएकाले यसलाई बचाउने दायित्व सबै सरोकारवालाहरुको रहेको धारणा व्यक्त गरे ।
