sunwal

स्थानीय पाठ्यक्रम संशोधन र नगर शिक्षा योजनाका लागि सुझाव संकलन कार्य सम्पन्न

555

कृष्ण ढकाल

बर्दघाट,असार–१७

बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम संशोधन र नगर शिक्षा योजनाको विषयवस्तुमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको  सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा बर्दघाट नगरका सर्वपक्षीय व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका शिक्षा शाखा प्रमुख दिल्लीराज ढुङ्गानाले नगरले संसोधन गर्न लागेको स्थानीय पाठ्यक्रमको रुपरेखा तथा बिषयवस्तुका वारेमा उपस्थित ब्यक्तिहरुलाई जानकारी गर्नुभएको थियो भने सहभागिहरुले भएका विषयवस्तु र थप्नु पर्ने विषयबस्तुहरुका वारेमा खुलेर आफ्ना विचारहरु राखेका थिए ।

बर्दघाट नगरका  सर्वपक्षीय व्यक्तिहरूको उक्त भेलालाई बर्दघाट नगरपालिकाको परिचय, प्राकृतिक स्रोत ,सम्पदा र वातावरण संरक्षण ,धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल, स्थानीय भाषा ,भेषभुषा, चाडपर्व र संस्कृति, स्थानीय पेशा व्यवसाय प्रविधि र उद्यमशीलता, सामाजिक मूल्य मान्यता र असल संस्कार ,सामाजिक मूल्य मान्यता र असल अभ्यास, स्थानीय खेलकुद ,योग ,उपभोक्ता शिक्षा,चुरे संरक्षण, सन्तुलित भोजन लगाएतका बिषयहरु स्थानिय पाठयक्रममा समावेस गरिएको वारे जानकारी गराइएको थियो । बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम अनुसार कक्षा ४ देखि ८ सम्म “ हाम्रो बर्दघाट ” नामक पाठ्यपुस्तक प्रकाशन गरेर सामुदायिक र संस्थागत विद्यालयहरुमा अध्ययन गराउनदै आएको छ ।

बर्दघाट नगरपालिकाको तथ्याङ्क अनुसार बर्दघाट नगरमा ५८ वटा विद्यालयहरू सञ्चालनमा रहेका छन्। जस अन्तर्गत सामुदायिक विद्यालयतर्फ ३६ वटा विद्यालय रहेका छन् भने निजी लगानीका विद्यालयहरु २२ वटा रहेका छन् त्यसैगरी दुईवटा सामुदायिक क्याम्पस  र निजी तर्फ एउटा क्याम्पस रहेको छ।

त्यसो त सामुदायिक सिकाई केन्द्र बर्दघाट नगरमा तीनवटा सञ्चालनमा रहेका छन् भने पुस्तकालय एउटा मात्र रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख गरीएको छ ।