Bardaghat Na pa

पालडाडा कप फुटबल प्रतियोगिताको आय ब्यय सार्वजनिक

924

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१३

बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको सगरमाथा सामुदायिक विकास प्रतिष्ठानले “तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ ”को आय ब्यय आज सार्वजनिक गरिएको छ । गत माघ १० गतेबाट माघ १९ गते सम्म सञ्चालन गरेको उक्त प्तियोगितामा १० लाख ३६ हजार ५ सय ३८ रुपैया आम्दानी र ११ लाख ५ हजार २ सय ९० रुपैया खर्च भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगा बहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आय ब्यय विवरण अनुसार बर्दघाट नगर र वडा नम्बर ५ ले ५ लाख १७ हजार, मुख्य प्रायोजकबाट १ लाख र अन्य सँघसँस्था र खेलप्रेमीहरुबाट ४ लाख १८ हजार रुपैया आम्दानी भएको उल्लेख गरीएको छ ।
त्यसैगरी खेलाडीहरुका लागि यातायात, पुरस्कार, खेलाडी ब्यवस्थापन , रेफ्रिहरुको ब्यवस्थापन र विजेता टोलीलाई २ लाख १ हजार र उप विजेतालाई १ लाख ५ सय पुरस्कार प्रदान गर्दा यस बर्षको प्रतियोगिता घाटामा रहेको आर्थिक संयोजक चन्द्र गुरुङले बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको पालडाँडा खेल मैदानमा सञ्चालन भएको “तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ मा भारतको १ टिम समेत गरि कुल १० टिमको सहभागिता रहेका कारण पनि ब्यवस्थापकिय पाटोमा बढी खर्च भएको प्रतिष्ठानकी उपाध्यक्ष पार्वती सिंह मल्लले बताउनु भएको छ ।