पुजा कोइराला
बर्दघाट,जेष्ठ–२९
दाउन्ने देवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–१५,पृथ्वीवस्तीको नवनिर्वाचीत कार्यसमितिलाई आज एक कार्यक्रमका विच सपथग्रहण तथा पदहस्तान्त्रण गरीएकोे छ । निर्वाचन मण्डलका संयोजक एवं बर्दघाट नगरपालिका वास शाखा प्रमुख कृष्णहरि पौडेलले नवनिर्वाचीत कार्यसमितिलाई संस्थाको विधान अनुसार सपथग्रहण गराउनुका साथै पदहस्तान्त्रण समेत गरीएको छ ।
निर्वाचन मण्डलका संयोजक कृष्णहरि पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङको प्रमुख आतिथ्यतामा भएको सपथग्रहण तथा पद हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले छिमेकमा रहेको खानोपानी संस्थालाई समेत मर्च गरेर ब्यवस्थीत रुपमा नगरवासीहरुलाई स्वच्छ ,सफा र गुणस्तर खानोपानी सर्बसुलभ रुपमा उपलब्ध गराउन आग्रह गर्नु भएको थियो । बर्दघाट नगरले यो बर्ष नगरका हरेक स्थानमा खानेपानीका पाईपहरु विस्तार गर्ने र खानेपानी संस्थाहरुमा सक्दो उर्जाको ब्यवस्था गर्ने योजना अघिसारेका समेत बताउनु भयो ।
मदनराज अर्यालको सञ्चालन रहेको उक्त कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष रुद्रबहादुर आले,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष देविदत्त पौडेल लगाएतको उपस्थिती रहेको थियो । सोही क्रममा दाउन्ने देवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–१५,पृथ्वीवस्तीका निर्वातमान अध्यक्ष हरिप्रसाद सुवेदीले नवनिर्वाचीत अध्यक्ष सुकबहादुर तामाङ्गलाई संस्थाका महत्वपूर्ण कागजातहरु सहित माईन्युट पुस्तीका हस्तान्त्रण गर्नु भएको थियो ।

दाउन्ने देवि खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–१५,पृथ्वीवस्तीको प्रथम अधिवेशन गत २४ गते सर्वसहमतिबाट सम्पन्न भएको थियो । सर्वसहमतिबाट सम्पन्न निर्वाचनले सुकबहादुर तामाङ्गको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको थियो ।
जस्को उपाध्यक्षमा पुरमान तामाङ्ग,सचिवमा तुलसा अधिकारी ,कोषाध्यक्षमा कमला देवि शर्मा र सह–सचिवमा गं
गाराम भुषाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा केदार दवाडी,डोलमान बुढा,श्यामलाल भण्डारी,डम्वरबहादुर लामिछाने,सरला उपाध्याय र गीता चौधरी थारु रहनु भएको छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्ण खत्री रहनु भएको छ भने सदस्यमा हेमलाल भण्डारी र रचना श्रेष्ठ रहनु भएको छ ।
