Bardaghat Na pa

“उपभोक्ताको अधिकार” विषयक वक्तृत्वकला प्रतियोगितामा दिब्यज्योती मा.बि.का भुवन बराल प्रथम

537

कृष्ण ढकाल
बर्दघाट , चैत्र –१
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरमा गठीत उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिले “उपभोक्ताको अधिकार” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विश्व उपभोक्ता दिवसको अवसरमा आयोजना गरीएको अन्तर माध्यामिक विद्यालय स्तरीय प्रतियोगितामा नगरक्ष्ँेत्रमा गठीत उपभोक्ता सचेतना क्लबका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
बर्दघाट नगरका ११ वटा सामुदायिक तर्फका मा।बि। र ४ वटा संस्थागत तर्फका मा.बि.हरुमा उपभोक्ता सचेतना क्लब गठन भएका छन ।

स्वच्छ बजार ,उपभोक्ता हित संरक्षण र सुशासनको क्ष्ँेत्रमा नेपालमा नै प्रथमहुन सफल उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिले आयोजना गरेको “उपभोक्ताको अधिकार” विषयक वक्तृत्वकला प्रतियोगीतामा दिब्य ज्योती मा.बि.का भुवन बरालले १ सय ५० पूर्णायकमा १ सय ११ अंक प्राप्तगरी प्रथम हुन सफल भएका छन। त्यसैगरी शान्ति निकुञ्ज मा.बि.का साहिद अलिमियाले १ सय ५ दशमलब ५ अंक प्राप्तगरी द्धितिय र मनकामना मा.बि.की प्रतिक्षा भुर्तेलले १ सय ४ दशमलब ५ अंक प्राप्तगरी तृतिय भएकी छन भने दाउन्ने मा.बि.का शुभम रणपालले १ सय ४ अंक प्राप्तगरी सान्तोना भएका छन । प्रतियोगितामा सफल सबै प्रतियोगिहरुलाई नगद र प्रमाण–पत्रबाट पुरस्कृत समेत गरीएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल, प्रध्यापक शेषकान्त पौडेल,बर्दघाटनगर उद्योग बाणीज्य शाखा प्रमुख पशुपति गैरे,राजश्वशाखा प्रमुख सारदा जि.सी., लगाएतको उपस्थिती रहेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकाल ९कृष्ण०को सञ्चालन रहेको उक्त कार्यक्रममा बोल्दै बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले उपभोक्ताहरु सचेत नहुदाँ सम्म कुनै पनि नियम र कानुनले काम नगर्ने भएकाले सबै भन्दा पहिले उपभोक्ता स्वयम सचेत र सजगहुन जरुरी रहेको बताउनु भएको थियो । कुनैपनि वस्तुको उपभोगगर्नु पूर्व त्यसका वारेमा आफुले पनि ख्याल गर्ने र अरुलाई पनि सजग र सचेत गर्ने वानीको विकास गर्न सकेमात्र त्यसैको आधारमा कानुन र नितिले पनि काम गर्ने बताउनु भयो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले विक्रेता वा सेवा प्रदायकहरुले पनि मुल्यमा भन्दाबढी बस्तु र सेवाको गुणष्तरमा प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो ।

उता
जिल्लाको सदरमुकाम परासीमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला समिति र घरेलु तथा साना उद्योग कार्यालय,नवलपरासीले संयुक्त रुपमा “ विश्व उपभोक्ता अधिकार दिवस तथा उद्यमी सम्मान कार्यक्रम” सम्पन्न गरेको छ ।