कृष्ण ढकाल
बर्दघाट,असोज–३१
जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बर्दघाट–१३,धनेवाको दोस्रो वार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षता र निवर्तमान प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष मनोहर रायमाझीको स्वागत र सचिव गजेन्द्र बहादुर गिरीको सञ्चालनमा भएको उक्त सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले ग्रामिण भेगका जनताहरुलाई शुद्ध र गुणस्तरीय पिउने पानी सर्व सुलभ र सहजरुपमा उपलब्ध गराउने कार्यमा आफु प्रदेश सभा सदस्य रहदा देखि नै डिपबोरीङ्ग ,पाईप खरीद तथा विस्तारमा ठूलो बजेट विनियोजना गराएको बताउनु भएको थियो ।
त्यसैगरी धनेवा क्षेत्रका उपभोक्ताहरुलाई लक्षीत गरी जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तात्कालिन मन्त्री बैजनाथ चौधरी मार्फत बजेट विनियोजन गरीएको र अहिले संस्थाको नेतृत्वमा रहेको टिमको कार्यस्पिटका कारण अहिले संस्थाले एक्कासी फड्को मारेको अधिकारीको भनाई रहेको थियो ।
त्यसैगरी सोही सभामा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका अन्य खानोपनी संस्थाहरु भन्दा जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले छिटो आफुलाई परिर्वतन गर्न सफल भएको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो । उहाँले नगरले अघि सारेको “एक घर एक धारा”को नितिलाई कार्यान्वयन गर्ने गरी अघिबढ्नका लागि समेत निर्देशन दिनु भएको थियो ।
संस्थाको परिसरमा भएको दोस्रो वार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुद्घाटन कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय,निर्वतमान उपप्रमुख माया पौडेल,खानेपानी तथा सरसफाई कार्यालय,नवलपरासीका प्रमुख दिनेश प्रसाद शााह,राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य दिपक लम्साल लगाएतको उपस्थिती रहेको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले संस्थाको प्रगती प्रदिवेदन,सचिव गजेन्द्र बहादुर गिरीले प्रशासनिक प्रतिवेदन,कोषाध्यक्ष मेनुका आचार्यले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक केष्णप्रसाद काफ्लेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आ. ब. २०८१/०८२ मा ५९ लाख ८९ हजार ४ सय ३२ रुपैया आम्दानी र ५५ लाख ४७ हजार ३ सय ३ रुपैया खर्च गरी ४ लाख ४२ हजार १ सय २९ रुपैया बचत गर्न सफल भएको छ भने संस्थामा अहिले नगर मौज्दात ३१ लाख ७५ हजार ७ सय ९५ रुपैया रहेको उल्लेख गरीएको छ ।
२०६८ सालको असार २१ गते खानेपानी योजनाको परिकल्पान गरे पनि १२ वर्ष पछि २०८० सालमा जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विधिवत रुपमा दर्ता भएर उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी वितरण गर्दै आएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले बताउनु भएको छ ।
२०७९ साल बैशाख १ गतेवाट उपभोक्ताहरुलाई खानेपानी वितरण गर्न शुरु गरेकोे संस्थाले अहिले १ हजार १ सय ५८ घरधुरीका उपभोत्ताहरुलाई आफ्नो सेवा दिइरहेको छ । न्यूनतम महशसल रकम १५ यसनिट सम्मको १ सय २० रुपैया लिएर सेवा प्रवाह गरेको जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बर्दघाट–१३,धनेवाको अहिले २ सय २५ घनमिटरको एउटा ओभरहेड टंकी मार्फत २४ सै घण्टा पानी वितरण भैरहेको संस्थाका अध्यक्ष गौतमले बताउनु भएको छ ।