नवलपरासी ५ असोज
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले भष्ट्राचार विरोधी अभियानलाई निरन्तरता दिने भएको छ । आइतवार बर्दघाट–५ बण्डाखोलामा सम्पन्न पार्टीको जिल्ला सचिवालयको बैठकले जेनजी बिद्रोह पछि भष्ट्राचार विरोधी अभियानको औचित्य थप पुष्टि भएको भन्दै अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस अघि उक्त पार्टीले बि.स.२०८२ असार ५ गते घोषणा गरेको अभियानलाई एक बर्ष सम्म संचालन गर्ने जनाएको थियो । बैठकले जेनजी बिद्रोह पछि पनि उही पुरानै संसदवादी यथास्थितिवादी शक्तिहरु हावी हुदै गएको र भष्ट्राचारमा समेत कमी आउने कुनै संकेत नदेखिएको प्रति सचेत रहन जनसमुदायलाई अपिल गर्ने समेत निर्णय गरेको छ ।
साथै, बैठकमा जेनजी आन्दोलनलाई भष्ट्राचार बिरुद्धको मुलमुद्धाबाट बिषयान्तर गराएर प्रर्दशनकारीहरु माथि राजनैतिक प्रतिशोध स्वरुप मुद्धा लगाउने तयारी भएकोले सचेत हुन समेत आग्रह गरिएको सो पार्टीले जनाएको छ ।
जेनजी आन्दोलन भष्ट्रचारको विरुद्धमा सुशासनको पक्षमा उठेको न्यायपुर्ण युवा आन्दोलन हो, प्रहरी प्रशासनले कसैको दबाबमा आएर न्यायपुर्ण आन्दोलनका युवाहरुलाई नियन्त्रणमा लिने काम बन्द गर्नुपर्छ – पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको भनाई उदृत गर्दै एक सहभागी भने – जिल्लाको वातावरण बिग्रने काम कसैबाट पनि हुनुहुदैन । न्यायपुर्ण आन्दोलनलाई राजनैतिक तरिकाले हेर्नुपर्छ । उनीहरु माथि यथोचित राजनैतिक ब्यवहार गर्नुपर्छ ।
बैठकले नियन्त्रणमा लिइएका युवाहरुलाई राजनैतिक ब्यवहार गर्न प्रहरी प्रशासनसंग माग समेत गरेको छ । त्यस्तै देशमा संकटको समाधान नभई झन् गहिरिदै गएको प्रति चिन्तित हुदै वर्तमान राजनीतिक संकट र निकाशको प्रश्न बिषयक सर्बपक्षीय अन्तरक्रिया कार्यक्र गर्ने निर्णय समेत भएको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयको जानकारी दिए ।
सो अवसरमा जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरी, सचिवालय सदस्यहरु रामचन्द्र पोखरेल र राम प्रसाद अर्गेजालगायतले धारणा राखेका थिए ।