कृष्ण ढकाल
बर्दघाट,भदौ–२०
नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाले आफ्नो स्थापान पदिवसको अवसरमा जुनियर रेडक्रस सर्कलका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा प्रशिक्षण गर्ने कार्य सम्पन्न गरेको छ । बर्दघाट–शिवालय मन्दिरको सभाहलमा आयोजना गरीएको उक्त कार्यक्रममा १३ विद्यालयका विद्यार्थी तथा शिक्षक नायक गरी १ सय ६० बढीको सहभागिता रहेको बर्दघाट उपशाखाका सचिव धनञ्जय पौडेलले जानकारी दिनुभयो ।
आज भएको स्वास्थ्य परिक्षण शिविरमा डाँ मनमोहन प्रजापति,डा. दिपा अधिकारी र डा. कासेन्द्र कुमार शर्माले चेकजााच गर्नु भएको थियो ।
स्वास्थ्य परिक्षण गर्नु पूर्व भएको कार्यक्रमको समुदघाटन कार्यक्रममा बोल्दै कार्यक्रकमका प्रमुख अतिथि एवं बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरमा हुने कुनै पनि विपत ब्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाले महत्वपूर्ण भूमिका खेलेको भन्दै नगर जहिले पनि रेडक्रससँग सहार्य गरेर अघिबढ्ने बताउनु भएको थियो । उहाँले नगरका बिद्यार्थीहरुलाई समेत सामाजिक कार्यमा लाग्ने पुण्यकर्म गर्न सिकाउदै लैजान थालेको प्रति धन्यवाद प्रकट गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीको अध्यक्षता, उपसभापति देवि पौडेलको स्वागत र जुरेसरयुरेस संयोजक डिबी अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका महामन्त्री ऋषिराम सुवेदी,बर्दघाट उपशाखाका संस्थापक सभापति पुण्यप्रसाद पौडेल,जिल्ला सदस्य दिर्घप्रसाद घिमिरे,टिकाराम भण्डारी,धनञ्जय पौडेल,राधा ढकाल लगाएतको उपस्थिती रहेको थिया्े।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीले रेडक्रसका सात सिद्धान्तलाई पालना गर्दै सँधै निष्पक्ष र तटस्थ रुपले मानवीय सेवा गर्दै आएको बर्दघाट उपशाखाले विभिन्न गतिविधिसहित आफूलाई जिल्लामै उत्कृष्ट शाखाको रुपमा स्थापित गर्न सफल दावि गर्नु भएको थियो ।
सभापति अधिकारीले स्थापान दिवसको पूर्व सन्ध्यामा प्रथामिक उपचार तालिम सञ्चालन गरीएको र अहिले उपशाखा अन्र्तगतका १८ विद्यालयका जुरेसमा आवद्ध विद्यार्थी र शिक्षक नायकलाई लक्षित गरी प्रशिक्षणसहित स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरीएको बताउनु भयो । त्यसैगरी उपशाखाले यसअघि पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गरी मानवीय सेवासहित रेडक्रस अभियानलाई अघि बढाइरहेकोसभापति अधिकारीको भनाई थियो ।