कृष्ण ढकाल
बर्दघाट,भदौं–१८
पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवाक्ष्ँेत्र भित्रका उपभोक्ताहरुलाई फोहरलाई प्रभावकारी र दिर्गकालिन ब्यवस्थापन गर्न सचेतना जागृत गर्ने उद्धेश्यले शून्य फोहोर अभियान शुरु गरेको छ ।
संस्थाले आज आफ्नो कार्यालय परिसरमा औपचारीक कार्यक्रम गरी अभियानको समुद्घाटन गर्नेक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरक्षेत्रका सबै नागरीकहरुलाई शून्य फोहोर अभियान सफल पार्न आग्रह गर्नु भएको थियो ।
नगरले आफ्नो बार्षिक कार्ययोजनामा नगर प्रमुखका १२ अभियानमा समेत सरसफाईलाई मुख्य कामका रुपमा लिएको बताउदै नगरका सबै खानेपानी संस्था र अन्य सामाजिक संस्थाहरुले पनि शून्य फोहोर अभियानलाई जोडेर कार्यक्रमहरु सञ्चालन गर्न आवाहन गर्नु भएको थियो ।
बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षतामा भएको शून्य फोहोर अभियानको समुद्घाटन कार्यक्रममा निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्याल,वडाध्यक्ष्ँ वेदविना तिवारी,रविन्द्र विक्रम हमाल गाएतले बोल्दै अभियानलाई सफल पार्न सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष कमल थापाको स्वागत र सचिव शोभकान्त कोईरालाको सञ्चालन रहेको कर्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिपक लम्सालले पश्चिम नवलपरासी जिल्लामा नै पहिलो पटक शून्य फोहोर अभियान शुरु गरीएको बताउदै सबैको सहयोगले अभियानले पूर्णता पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । आफ्नो सेवाक्ष्ँेत्र भित्रका उपभोक्ताहरुलाई फोहरलाई प्रभावकारी र दिर्गकालिन ब्यवस्थापन गर्न सचेतना जागृत गर्ने उद्धेश्यले शुन्य फोहोर अभियान शुरु गरेको लम्सालको भनाइ थियो ।
१६ वटा वडाहरु रहेको बर्दघाट नगरक्षेत्रमा अहिले करीव १६ टन फोहर दैनिक उत्पादन हुने गर्देछ । बर्दघाट नगरक्षेत्रमा बर्दघाट ,जिमिरेभार र पञ्चनगर बजार बिकास समितिहरुले फोहोर ब्यवस्थापनको क्षेत्रमा काम गरीरहेका छन भने चिसापानी क्षेत्रमा सूर्यज्योती युवा क्लबले फोहोर ब्यवस्थापनको काम गरीरहेको छ ।
समुद्घाटन कार्यक्रममा नगरक्षेत्र भित्रका बिभिन्न सामाजिक संघ संस्था देखि जनप्रतिनिधि सम्मको सहभागिता रहेको थियो । शून्य फोहोर अभियानको समुद्घाटन कार्यक्रमसंगै प्लेकार्ड र सचेतना मुलक सुचना सहितको र्यालीले बजारक्ष्ँेत्र सरसफाई गरेको थियो ।