कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३१
अखिल नेपाल किसान महासंघ पश्चिम नवलपरासीको दोस्रो अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष नरबहादुर खड्काको अध्यक्षता र अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रिय स्थायीकमिटि सदस्य महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा भएको कार्यक्रमलाई सम्बोधनगर्दै प्रदेश अध्यक्ष गिरीले जिल्लाका सबै किसानहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गर्ने वातावरण सृजना गर्ने देखि उत्पादन लागत कम गर्ने खालका योजान ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
त्यसैगरी पालिकाहरुका किसानहरुको अवस्था र ब्यवस्था बदल्नेगरी किसानका पक्षमा रहेर अखिल नेपाल किसान महासंघले काम गर्न निर्देशन दिनु भएको थियो ।
अहिले आउने आ.ब. २०८२÷०८३ को पालिकाहरुको बजेटमा किसानमैत्री भएर बजेट विनियोजन गर्ने गरी जिल्लाका सातवटै पालिकामा मागपत्र दिने र बजेट विनियोजनमा दवाव सृजनागर्न सुझाव समेत दिनु भएको थियो ।
अखिल नेपाल किसान महासंघका स्थायीकमिटि सदस्य राजन आचार्य,फुलकुमारी गिरी,सुवास चन्द्र जि.सी.,चिरन्जीवि सुवेदी लगाएतको उपस्थिती रहेको अखिल नेपाल किसान महासंघ पश्चिम नवलपरासी जिल्लाको दोस्रो अधिवेशनले गंगा पाठकको अध्यक्ष्ँतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।
जस्को उपाध्यक्षमा गणेश गुरुङ, महिला उपाध्यक्षमा पुजा बस्याल ( न्यौपाने ) सचिवमा माया पौडेल रहनु भएको छ भने सदस्यमा ओम प्रकाश दुसाध,लक्ष्मी वि.क.,एकनारायण सुवेदी,रामकिसन कोइरी र वसन्ती चौधरी रहनु भएके छ । बाँकी रहेको कोषाध्यक्ष र २ उप सचिवको पदमा रामग्राम,सरावल र पाल्हिनन्दन वाट पदपुर्ती गरीने गरी समिति गठन गरीएको थियो ।
बर्दघाट उद्योग वाणीज्य संघको सभाहलमा भएको अधिवेशनवाट अध्यक्ष पदमा सर्ब सम्वतरुपमा चयन भएसंगै नव गठीत समितिका अध्यक्ष गंगा पाठकले अखिल नेपाल किसान महासंघ पश्चिम नवलपरासीमा आवद्ध रहेका २० बढी संघहरुलाई संगै लिएर अघिबढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।