Bardaghat Na pa

बालकको आँखा फुटेको घटना प्रति नेविसंघ नवलपरासीकोे ध्यानाकर्षण

217

बर्दघाट,पौष–२९
शिक्षिकाको पिटाईबाट ६ वर्षीय बालकको आँखा फुटेको घटना प्रति नेविसंघ नवलपरासीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेबिसंघका जिल्ला अध्यक्ष कमल बस्यालले आज एक बिज्ञप्ति जारी गर्दै स्थानिय देखि केन्द्र सम्मका सञ्चार माध्यममा समाचार आईरहदा कुनै पनि किसिमको कारबाही प्रक्रिया अघि नबढेको भन्दै बिज्ञप्ती मार्फत आपत्ती जनाउनु भएको छ ।
पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा रहेको एच पाठशालाकी शिक्षीकाको लापरबाही र दण्डहिनताको पराकाष्ठा नै होू नेविसंघका जिल्ला अध्यक्ष कमल बस्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्ती मार्फत घटनाको घोर भत्सर्ना गर्दै बालकको शैक्षिक न्याय प्राप्ती तथा सुनिश्चितता गर्न माग गरिएको छ ।