sunwal

अनेरास्ववियु बर्दघाट नगर कमिटिले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझायो

339

बर्दघाट,मंसीर–९
बैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृती लिंदा बर्दघाट नगरपालिकाले पुनः श्रम स्वीकृतीमा लाग्ने भन्दा बढी रकम लिएको भन्दै आज अनेरास्ववियु बर्दघाट नगर कमिटिले नगरप्रमुख शम्भुलाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नगरकमिटिका अध्यक्ष किशोर बस्यालद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा नगरको रोजगार शाखाले लाग्ने शुक्ल भन्दा बढी रकम लिएकोले छानबिन गरी दोसीठहरीयमा कार्वाहि सहति आगामी दिनमा यस्ता घटना नदोहर्याउनका लागि अनुरोध गरेको छ । त्यसैगरी पुनः श्रम स्वीकृती लिंदा लाग्ने शुल्का वारेमा सबैले देख्नेगरी नागरीक बडापत्र राख्नका लागि पनि अनुरोधगरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ।