Jilla Ban Notis

नागरिक समाज नवलपरासीद्धारा ध्यानाकर्षण ।

0 47

परासी, २५ जेठ
नागरिक समाज पश्चिम नवलपरासीले नागरिक सरोकारका विभिन्न विषयमा ध्यानाकर्षण भएको जनाएको छ । समाजले पत्रकार सम्मेलन गरी समसामयिक सरोकारका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

नागरिक समाजको सम्पन्न बैठकपछि परासी प्रेस क्लवको आयोजनामा भएको पत्रकार सम्मेलनमा समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारले नागरिक समाज गठन भएको एक महिनाको उपलब्धी सार्वजनिक गर्दै विभिन्न विषयमा ध्यानाकर्षण गरिएको बताउनुभयो ।

परासी–त्रिवेणी हुलाकी सडक खण्ड अन्तरगत रहेका जीर्ण कल्भर्ट तथा पुल लामो समय हुँदा पनि मर्मत तथा निर्माण नहुँदा दुर्घटना बढेकोले तत्काल निर्माण कार्य गर्न र सडक समेत गुणस्तरीय निर्माण गर्न नागरिक समाजले माग गरेको छ । नागरिक समाजले भगवान गौतम बुद्धको मावली प्रमाणित हुने क्रममा रहेको पण्डितपुरको उत्खनन प्रतिवेदन तत्काल सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । बुद्धको मावली पण्डितपुर नै प्रमाणित भईसकेको सन्दर्भमा हालै देवदहमा बुद्धको मावली भन्दै उत्खनन गरिएकोमा नागरिक समाज नवलपरासीले गम्भीर आपत्ति जनाएको अध्यक्ष सैथवारले बताउनुभयो ।

नागरिक समाजले कृषकहरुले समयमै मल, बिउ सिँचाइ नपाउँदा कृषि कार्य गर्न असहजता भोग्नुपरेको भन्दै नेपाल सरकार र यसका सम्बद्ध निकायलाई समयमै मल, विउको व्यवस्था गर्न र कृषि विद्युतीकरण तथा सिँचाईको व्यवस्थापन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । पृथ्वीचन्द्र अस्पतालमा विभिन्न वेथिति रहेको गुनासो बढेकोले यस्ता वेथिति तत्काल हटाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पनि ध्यानाकषर्ण गराईएको छ। नागरिक समाजले गर्मी बढ्दो अवस्थामा रहेकोले सावधानी अपनाउन पनि आम नागरिकलाई आग्रह गरेको छ । यस्तै नागरिक समाजको कार्यलाई थप व्यवस्थित गर्न समाजको उपाध्यक्षमा बेचु गौड र सचिवमा विष्णु थापालाई जिम्मेवारी दिईएको अध्यक्ष सैथवारले बताउनुभयो ।

उक्त अवसरमा नागरिक समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवाली तथा समाजका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको नागरिक समाजका सदस्य अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.