Bardaghat Na pa

दिब्यज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा २ जनाको उमेदवारी दर्ता ।

694

बर्दघाट, चैत १३,
दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा चुनाबी रौनक बढ्ेर गएको छ । आगामी चैत १८ गते सम्पन्न हुने क्याम्पस ब्यवस्थापन समितिको अध्यक्ष पदका लागि पुण्य प्रसाद पौडेल र यम बहादुर थापा मगरले आफ्नो उम्मेदवारी दिनु भएको छ ।
क्याम्पस ब्यवस्थापन समितिका लागि अध्यक्ष, उपाध्यक्ष, दुई महिला सहित ९ जना सदस्यको लागि हुने निर्वाचनमा कुल २३ जनाको उम्मेदवारी परेको ५ ।
त्यस्तै उपाध्यक्ष पदको लागि दया दर्लामी र इन्द्रप्रसाद सापकोटाको उम्मेदवारी परेको छ भने सदस्यहरुमा राजु न्यौपाने, पृतम पौडेल, सुवास चन्द्र जीसि, कृष्ण प्रसाद पाण्डे, प्रदिप सुवेदी, धनन्जय पौडेल, विष्णु बराल, छविलाल देवकोटा, राधा ढकाल, मधुमाया पौडेलको उम्मेदवारी परेको निर्वाचन अधिकृत पुर्ण प्रसाद तिमल्सेनाले जानकारी दिनुभएको छ ।
त्यस्तै सदस्यहरुमा रमेश बस्याल, कमल बहादुर परियार, चेत नारायण पाण्डे, केदार चौधरी, बामदेव अधिकारी, जानकी पौडेल, हरि प्रसाद सुवेदी, मिना कोइराला ज्ञवाली र झवनाथ पाण्डेको सदस्य पदमा उम्मेदवारी रहेको निर्वाचन अधिकृत तिमल्सेनालले जानकारी गराउनुभएको छ ।
त्यस्तै उम्मेदवारहरुमा कुनै प्रकारको दावी विरोध भएमा चैत १४ गते विहान ११ बजेसम्म दावी विरोधको लिखित निवेदन बुझाउन सकिने जनाइएको छ ।