Bardaghat Na pa

जिफन्ड बर्दघाट नगर कमिटिका अध्यक्षमा हेम नारायण चौधरी

95

कृष्ण ढकाल
बर्दघाट,माघ–२७
नेपाल ट्रेड यूनियन महासंघ जिफन्ड बर्दघाट नगर कमिटिको प्रर्थम भेला बर्दघाटमा सम्पन्न् भएको छ । हेम नारायण चौधरीको अध्यक्षता र नेपाल ट्रेड यूनियन महासंघ जिफन्ड प्रदेश कमिटि उपाध्यक्ष पदम राज रिजालको प्रमुख आतिथ्यतामा विहिवार भएको भेलाले हेम नारायण चौधरीको अध्यक्षतामा नेपाल ट्रेड यूनियन महासंघ जिफन्ड बर्दघाट नगर कमिटि गठन गरेको छ ।
जस्को उपाध्यक्षमा पिपला अस्लामि लामिछाने सचिवमा नेत्र नारायण चौधरी र सह सचिवमा कोपिला केसीलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा भिमा भुषाल,भोजराज बस्याल र हरदयाल शर्मालाई चगन गरीएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सल्लाहकार प्रमुख ध्यान बहादुर राईले जानकारी दिनु भएको छ ।

नगर भेलामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सल्लाहकार प्रमुख ध्यान बहादुर राइ,कृषि श्रमीक संघका केन्द्रिय थर्क बहादुर सारु मगर, जिफन्डका प्रदेश सदस्य गिरिराज भण्डारी,मनोज चौधरी ,जिल्ला कोषाध्यक्ष सत्यनारायण चौधरी लगाएतको उपस्थिती रहेको थियो ।