Jilla Ban Notis

जिसन नवलपरासीले २० औं स्थापना दिवस मनायो ।

0 33

कृष्ण ढकाल
बर्दघाट,साउन–२२
जिसन नवलपरासीले आज एक कार्यक्रमका विच आफ्नो २० औं स्थापना दिवस मनाएको छ । दिवस मनाउने क्रममा जिसनमा आवद्ध सबै विद्यालयका ६५ बढी सिस्टरहरुलाई जम्मा गरेर टोपि र झोला वितरण गर्नुका साथै तिजको दर खुवाएर २० औं स्थापना दिवस मनाएको हो।

संस्थाका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता र सल्लाहकार ईन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुअतिथि गुरुङ्गले विद्यालयका सिस्टरहरु सबैभन्दा महत्वपूर्ण ब्यक्तिहरु रहेको बताउनु भएको थियो । सिस्टरविना विद्यालयहरुका साना कक्षाहरुका नानीबाबुहरुलाई समाल्न र पढाउन नसकिने अवस्था रहको बताउनु भएको थियो । यसरी विद्यालयका सबै भन्दा महत्वपूर्ण ब्यक्तिहरुलाई जिसनको स्थापना दिवसमा सम्मान गर्न पाउदा आफुहरु हर्षित भएको बताउनु भएको थियो ।

त्यसैगरी अर्का कार्यक्रमका विषेश अतिथि एवं सल्लाहकार धनराज चापागाईले जिसनकै कारण आज जिल्लाका धेरै जसो विद्यालयहरु समुहमा रहेर कार्यगर्न सहज भएको बताउदै संस्थाले गरेका कार्य निक्कै प्रभावकारी रहेको बताउनु भएको थियो । उहांले जिसनले विद्यार्थी,शिक्षक र कर्मचारीहरु देखि विद्यालयका चालक र सह–चालकहरुलाई पनि कार्यगत एकता र अनुसाशित हुन सिकाएको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै जिसन अध्यक्ष सान्तोष रौनियारले जिसनले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने र विमा पोलिसि थप गर्ने देखि टाटा कम्पनीसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

जिसन नवलपरासीका सचिव दिपक पौडेलको संचालन र वरिष्ठ उपाध्यक्ष डम्वर गुरुङ्गको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा जिसनका सल्लाहकारहरु, पत्रकार लगाएत बिभन्न बिद्यालयका प्रिन्सीपल तथा शिक्षकहरुको उपस्थिती हरेको थियो ।

२०५९ सालमा भेषराज पौडेलको नेतृत्वमा गठन भएको नवलपरासीका निजि तथा संस्थागत विद्यालयहरुको संगठन हो ।

Leave A Reply

Your email address will not be published.