Jilla Ban Notis

सरावल गाउँपालिका अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन निर्वाचित

0 71

उमेश बि.क
सरावल,जेष्ठ–६
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा एमालेकै बासमती हरिजन निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित अध्यक्षले ७ हजार ५९ मत पाउनु भएको छ भने उहाँसँग पराजीत नेपाली कांग्रेसका अनिल कुमार कुमार गौडले ४ हजार ८९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित हरिजनले ५ हजार ७ सय ४३ मत पाउनु भएको छ । यस्तै पराजीत कांग्रेसकी उत्तमा रायले ५ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडामा स् ३ वटा वडामा काङ्ग्रेस , २ वटा वडा एमाले , १ वटा वडा राप्रपा र १ वटा वडा माओवादी वडाध्यक्ष बिजयी भएका छन ।

सरावल गाउँपालिका वडा नम्बर १ मा नेकपा एकाले र वडा नम्बर २ , ५ र ६ मा नेपाली काङ्ग्रेस त्यस्तै ३ मा राप्रपा , ४ मा एमाले र वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्र बिजयी भएका छन।

वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई ४१ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै सदस्यहरु निर्वाचित हुनु भएको छ । भट्टराईले ११६१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका भेष नरायन चौधरीले ११२० मत प्राप्त गरेका थिए।

त्यस्तै २ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका सम्भु प्रसाद चौधरीले २११ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेपाली काङ्ग्रेसकै सदस्यहरु निर्वाचित हुनु भएको छ । चौधरीले १०७० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भेष नरायन चौधरीले ८५९ मत प्राप्त गरेका थिए।

त्यस्तै ३ को वडाध्यक्षमा राप्रपाका फिरंगी चौधरीले ८१ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना राप्रपाकै सदस्यहरु निर्वाचित हुनु भएको छ । चौधरीले १०७० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अणेन्द्रनाथ रायले ८३१ मत प्राप्त गरेका थिए।

त्यस्तै ४ को वडाध्यक्षमा नेकपा एमालेका सुरेश यादवले ४१० मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै सदस्यहरु निर्वाचित हुनु भएको छ । यादवले ९९३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका बदरुलह खाँले ५८३ मत प्राप्त गरेका थिए।

त्यस्तै ५ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका लक्ष्मण प्रसाद चौधरीले १५७ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेपाली काङ्ग्रेसकै सदस्यहरु निर्वाचित हुनु भएको छ । चौधरीले ११८७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिनेस सहानीले १०३० मत प्राप्त गरेका थिए।

त्यस्तै ६ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका छोटेलाल गुप्ताले २४८ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेपाली काङ्ग्रेसकै सदस्यहरु निर्वाचित हुनु भएको छ । गुप्ताले १०६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कैलास यादवले ८२० मत प्राप्त गरेका थिए।

त्यस्तै ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रकाका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्। धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गरेका थिए।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार सरावल गाउँपालिकामा ८१।१२ प्रतिशत मत खसेको थियोे । उनले सरावल गाउँपालिकामा २५ हजार ९ सय १२ मतदातामध्ये २१ हजार २२ मत खसेको जानकारी दिइएका हुन ।

स्था​नीय प्रशासनले शान्तिपूर्ण रुपमा मतदान देखि मतगणना सम्पन्न भएको जनाएको छ। सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा निर्वाचन सुचना अधिकारी कृष्णप्रसाद ज्ञवालीले मतदान देखि मतगणना सम्म शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सुरक्षाकर्मी ,कर्मचारी ,उम्मेदवार ,स्थानीयबासि ,पत्रकार लगाएत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको हो।

 

Leave A Reply

Your email address will not be published.