Jilla Ban Notis

सरावलमा यस आर्थिक वर्षमा रोजगार सेवा केन्द्र मार्फत झण्डै एक सय जना युवाले रोजगार पाए

0 16

कृष्ण ढकाल
बर्दघाट,बैशाख–४
नवलपरासी जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम निक्कै प्रभावकारी भएको छ । नवलपरासीको सरावल गाउँपालिकामा मात्र यस आर्थिक वर्षमा रोजगार सेवा केन्द्र मार्फत झण्डै एक सय जना युवाले रोजगार पाएका छन् ।

आर्थिक बर्ष ०७८/०७९ को साउनदेखि हालसम्म रोजगार सेवा केन्द्र मार्फत संचालित विभिन्न योजनामा झण्डै एक सय जना युवाले रोजगार पाएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ । गत आर्थिक वर्षमा गाउँपालिकामा सूचीकृत बेरोजगार संख्या करिब एक सय पचास रहेकोमा यस आर्थिक बर्षमा उत्साहजनक रुपमा बढेर झण्डै चार सय पुगेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

सरावल गाउँपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०७९/०८०मा संचालन हुने आयोजनामा काम गर्न गत २०७८फागुनमा वेरोजगार व्यक्तिहरुबाट निवेदन माग गरि रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकरण गरेको जनाएको छ ।

मापदण्ड पुगेका नागरिकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका अनुसार छनोटभई रोजगार पाउने नितिगत ब्यवस्था रहेको गाउँपालिका उपाध्यक्ष उत्तमा कुमारी रायले बताउनु भएको छ । ूसीप सिकौ, रोजगार बनौू भन्ने नाराका साथ विभिन्न तालिमहरु संचालन गरि स्वदेशमै स्वरोजगार बनाउने काम गरिरहेको रोजगार सेवा केन्द्रले आगामी वर्ष रोजगार बैंकको रुपमा काम गर्ने योजना लिएको गाउँपालिका उपाध्यक्ष रायले बताउनु भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हाल केहि योजना सम्पन्न भएको र केही संचालनमा रहेको सरावल गाउँपालिका रोजगार संयोजक नेत्र भण्डारीले बताउनु भएको छ । अहिले यस आर्थिक वर्षमा एक जनाले दैनिक ५ सय ७७ रूपियाँका दरले पारिश्रमिक पाउने गरेको भण्डारीले बताउनु भएको छ । प्रद्यानमन्त्री रोजगार कार्यक्रममा सहभागि कामदारलाई आवश्यक कार्यक्रम स्थल दुर्घटना बीमाको समेत व्यवस्था गरिएको भण्डारीले बताउनु भयो ।

त्यसैगरी योजना छनोटमा कृषि सडक स्तरोन्नति, कृषि सिंचाई नाला निर्माण तथा स्तरोन्नतिलाई प्रथामिकता राखिएको ले सरावल गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलेबताउनु भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर मात्र सिर्जना नगरी विपन्न र गरिवीको रेखामुनि रहेका नागरिकको वास्तविक संरक्षक र सहायता समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.