Bardaghat Na pa

पशुपन्छी बिमा सम्बन्धि एक दिने अभिमुखिकारण कार्यक्रम सम्पन्न

45

गाैरीशंकर जयसवाल
परासी २५ फागुन
पश्चिम नवलपरासीमा पशुपन्छी बिमा सम्बन्धि एक दिने अभिमुखिकारण कार्यक्रम सम्पन्न भएकाे छ ।रामग्राम नगरपालिकाकाे पशुपन्छी बिकास शाखाकाे आयाेजनामा नगरपालिकामा पशुपन्छी बिमा सम्बन्धि एक दिने अभिमुखिकारण कार्यक्रम सम्पन्न हाे । पशुपालनबाट पालयन हुनबाट राेक्नकाे लागि कृषकहरूलाई प्रेरित गदै साे प्रकृयाहरूकाे बारे जानकारी गराउने उदेश्यले उक्त कार्यक्रम संचान गरिएकाे पशुपन्छी बिकास शाखाकाे प्राबिधिक गाेबिन्द पाैडेलले जानकारी दिए ।
पशुपन्छी बिकास शाखा प्रमुख खेमराज पटेलकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा गुप्ताले पशुपालन गर्ने कृषकहरूले पशुपन्छीकाे अकल मुत्यु हुने भएमा आफ्नो लगानि सुरक्षित गर्न बिमा एउटा पुजि सुरक्षित गर्न र माध्यम भएकाे निम्ति पशुपन्छी बिमा गर्न जरूरी रहेकाे बताए ।
उनले कम जाेखिमा लाभ धेरै हुने भएकाेले पशुपन्छी पालकहरूले बिमा गरि बिमाकाे लाभ उठान अग्रह गरे ।पशुक्षेत्र व्यवासयमा लागनि गरेर आम्दानी हुने भएकाेले यसले पशुपन्छी कृषककाे जिवनमा उकास्ने काम पनि हुने गुप्ताले बताए ।
पशुपन्छी बिमा सम्बन्धि जनरल लाईफ ईन्साेरेन्स कम्पनी लि का भुमही शाखा प्रमुख नारायण न्याैपानेले पशुपन्छी बिमा गर्ने प्रकृया र बिमा गरिसके पछि हुने फाईदा ,बिमा भुक्तानी लिने प्रकृयाहरूकाे बारे प्रशिक्षण दिएका थिए ।कार्यक्रममा रामग्राम दर्ता गरी पशुपान गरिरहेका २५ जना कृषकहरूकाे उपस्थिती रहेकाे थियो ।