Bardaghat Na pa

बाढिमापरी ज्यान गुमाउनेको परिवारलाई काजकिरिया खर्चको लागि २५ हजार प्रदान

33

गौरीशंकर जयसवाल
परासी २१ भदौ
पश्चिम नवलपरासीमा बाढिमापरी ज्यान गुमाउनेको परिवारलाई रामग्राम नगरपालिकाले काजकिरिया खर्चवापत लागि २५ हजारको चेक हस्तान्तरण गरेको छ । रामग्राम १८ पम्पापुरका बाबू र छोरालाई बाढिले बगाउँदा दुबै जनाको ज्यान गएकाले उनिहरूको परिवारलाई काजकिरिया खर्चका लागि चेक हस्तान्तरण गरेको हो ।
रामग्राम नगरपालिकामा रहेको बिपत व्यवस्थापन कोषले बाढिमापरी ज्यान गुमाउनेको परिवारलाई २५ हजार दिने निर्णय गरे अनुसार काजकिरिया खर्चको लागि चेक हस्तान्तरण गरिएको रामग्राम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रूद्र प्रसाद रेग्मीले जानकारी दिए ।
बाढिमा परि ज्यान गुमाउनेको परिवारलाई घरमै पुगि २५ हजार चेक हस्तान्तरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रूद्र प्रसाद रेग्मीले बताए ।
यही भदौ ११ गते आएको बाढिले नवलपरासी पश्चिममा एकै घरको दुई जानलाई बाढिले बगाउँदा ज्यान गएको थियो ।
बाढिले रामग्राम नगरपालिकाको वडान १८ पम्पपुरका बाबु बिनोद पासी र छोरा प्रदिप पासीलाई बाढिले बगाएको थियो ।
नगरपालिकाले यस अघि बाढिबाट डुबान र प्रभावित भएका परिवारलाई २ हजार दिने निर्णय गरे अनुसार बितरण गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।नगरपालिकाको परासी बजार क्षेत्र र ९वटा वडाहरू डुबानमा परेको थियो ।
जिल्लामा बाढिले बगाउँदा ३ जान ज्यान गुमाएका छन भने एक बेपत्ता भएका छन ।बेपत्ता भएको अझै शव फेला परेको छैन उनको खोजि कार्य भैरहेको छ ।