Jilla Ban Notis

सुस्ता वडा नं. ३ मा रहेकोे पशुपति शिक्षा मन्दिरमा नयाँ भवन निर्माण हुदै ।

0 51

गौरीशकर जयसवाल
परासी ३ भदौ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ को फेनहरा मा रहेको पशुपति शिक्षा मन्दिर बिद्यालयको भवन निमार्ण कार्य सुरू भएको छ । कम्युनिटी ईम्प्याक्ट नेपाल संस्था काठमाडौको सहयोगमा पशुपति शिक्षा मन्दिर बिद्यालयको भवन निमार्ण कार्य सुरू भएको हो ।

बिद्यालयमा निमार्ण हुन लागेको नयाँ भवनको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र कम्युनिटी ईम्प्याक्ट नेपाल संस्था अध्यक्ष राजेश चौधरीले सयुक्त रूपमा शिलान्यास गरेका छन ।

शिलान्यास गदै गाउँपालिका अध्यक्ष पाण्डेले बिद्यालयको बाँकी काम गाउँपालिकाले गर्ने बताउदै गाउँपालिकाको लगानिमा बिद्यालय परिसरको अगाडि माटोको फिलिड्ग र तारबार लगाउने जानकारी गराएका थिए ।
उनले अब बिद्यालयलाई भौतिक पूर्वाधार निमार्ण गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।

२०७४ सालमा बिद्यालय नजिक रहेको खोलामा आएको बाढि बिद्यालयमा पसेर भवनको कक्षाकोठामा क्षेति पुराएसंगै विद्यालय जिर्ण बनेको थियो । बाढी पसेसंगै विद्यालय भवनको अभाव देखेर कम्युनिटी ईम्प्याक्ट नेपाल संस्था काठमाडौका अध्यक्ष राजेश चौधरीको पहलमा उक्त बिद्यालयको भवन निमार्ण हुन लागेको बिद्यालयका प्रचार्य रामप्यारे प्रजापतिले बताएका छन् ।

स्थानीय सरकार र संघिय सरकारको कुनै पनि सम्बन्धि निकायको उक्त बिद्यालय तर्फ कसैको ध्यान नगएको र सहयोग पनि नगरेकोले कम्युनिटी ईपेक्ट नेपाल संस्था काठमाडौको लगानीमा बिद्यालयको भवन निमार्ण गर्न लागिएको कम्युनिटी ईम्प्याक्ट नेपाल संस्था काठमाडौका अध्यक्ष राजेश चौधरीले जानकारी दिए

उनको अनुसार कम्युनिटी ईपेक्ट नेपाल संस्था काठमाडौ र रोटरी टाउनको समेत सहकार्य गरि ६० लाख सहयोगमा भवन निमार्ण गर्न लागिएको बताए । जिर्ण अवस्थामा रहेको बिद्यालयमा सुबिधा सम्पन्न ७ वटा कोठा र ३ वटा सुबिधा सम्पन्न शौचालय निर्माण हुने छ ।

उक्त बिद्यालय २०६२ सालमा स्थापन भएको थियो । बिद्यालयको क्षेत्रफल १४ कठ्ठा रहेको छ । बिद्यालयमा कक्षा १देखि ५ कक्षासम्म पढाइ हुँदै आएको र १५० बिधार्थी रहेको जसमध्ये कोरानाको कारण र भवन जिर्ण भएपछि बिधार्थीको सख्या केही कम भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमचन्द्र चौधरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.