sunwal

सबै धर्म संस्कृति संरक्षण गर्न नगरपालिका अग्रसर छ ः नगरप्रमुख यादव

409

परासी , भदौ २६
श्रीब्रम्हस्थानकाे समुद्घघाटन तथा श्री नवदुर्गा देविजिकाे मन्दिर शिलान्यास गरिएकाे छ ।पश्चिम नवलपरासीकाे वडान १७ स्थित बरारीमा रहेकाे निर्माण गरिएकाे तथा नवदुर्गा देवि मन्दिर शिलान्यास गरिएको हाे ।रामग्राम नगरपालिका मेयर धनपत यादवले श्रीब्रम्हस्थानकाे समुद्घघाटन तथा श्री नवदुर्गा देविजिकाे मन्दिर शिलान्यास गरेका हुन । साे अवसरमा बाेल्दै यादवले सबै धर्म संस्कृति संरक्षण गर्ने तर्फ नगरपालिका अग्रसर रहेकाे बताए ।उनले धर्म संस्कृति प्रबर्द्धन संरक्षण गर्न लागि परेकाे बताए ।

दुर्गम क्षेत्र पर्ने भएकाले यसक्षेत्रकाे विकास तर्फ ध्यानमा राखि विकास कार्य काम अगाडि बढाएकाे बताए ।खानेपानी समस्य चुनाैती रूपमा रहेकाे तर ठूलाेमात्रा बजेट आउने कुरा भएकाेले यसकाे छिट्टै खानेपानी समस्य समाधान हुने बताए ।सामजसेवि पुरन चाैधरीले धर्म संस्कृति संरक्षण हामी सबैकाे दायित्व रहेकाे बताए ।

प्रकृति विपती राेक्नकने लागि पूजापाठ प्रचलन र प्रकृति विपति मा पुजापाठ गर्दा विपत्ति नआउने किम्दन्ती रहेको बताए । व्यवस्थापन समिति अध्यक्ष बाबुराम पटेलकाे अनुसार विभिन्न चन्दादाताकाे सहयाेगमा श्रीब्रम्हस्थान निर्माण गरिएको जसमा तत्कालीन जिविस सदस्य पुरन चाैधरी रू दुई लाख,रामग्राम नगरपालिका मेयर धनपत यादवले चार लाख र पूर्व वडा अध्यक्ष जित बहादुर गाेसाईले पाँच लाख सहयाेग प्रदान गरि निर्माण गरिएकाे मन्दिर व्यवस्थापन जानकारी दिए ।त्यस्तै मन्दिर परिसरमा चन्दिका चाैधरीले हात्ती मूर्ति स्थापना हैदर अलि माेमिनले मन्दिर परिसरमा बृक्षाराेपन गरेका छन ।राजेन्द्रप्रसाद तिवारीले परापूर्वकाल देखि ब्रहस्थानकाे संरक्षण प्रबर्द्धन गदै आएका बताए । वडा न१७ वडाअध्यक्ष कन्हैया काेईरीले धर्म संस्कृति संरक्षण तर्फ ध्यान मानिसमा हराउदै गएकाे र धर्म संस्कृति संरक्षण तर्फ ध्यान दिनुपर्नेमा जाेड दिए ।