कृष्ण ढकाल
बर्दघाट, भदौ– २३
ग्रामिण बाल्मिकी सहकारी संस्थाले बर्दघाट सेवा केन्द्र अन्र्तगतका शेयर सदस्यहरुसंँग विस्तारीत मञ्चको कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट उद्योग वाणिज्य संघको सभा हलमा संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र सह–सचिव कृष्ण गौतमको संचालनमा सम्पन्न भएको विस्तारीत मञ्चको कार्यक्रममा बर्दघाट सेवा केन्द्र अन्र्तगतका शेयर सदस्यहरुले अफ्ना गुनासा तथा सल्लाह सुझावहरु राखेका थिए ।
कार्यक्रममा संस्थाका ब्यवस्थापक अनन्त पाण्डेले संस्थाको आ.ब.२०८३/०८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सिद्धिविलास हमाल,शिव कुमारी भट्टराइ,गोपाल पाण्डे,बिष्णु भुषाल,रामप्रसाद पौडेल लगाएतले आ–आफ्ना धारणाहरु राख्नु भएको थियो भने संस्थाका अध्यक्ष हमालले सहभागि शेयर सदस्यहरुले राखेका जिज्ञासाहरुको सम्वोधन गर्नु भएको थियो । सोही क्रममा संस्थाले अहिले सम्म मृगौला ,क्यान्सर र मुटु रोगका ९ जना विरामी शेयर सदस्यहरुलाई जनही ५० हजारका दरले आर्थिक सहयोग गरेको बताउनु भएको थियो । त्यसैगरी ७ सय ५८ जना निस्क्रिय सदस्यहरुलाई हटाउने गरी सुचना जारी गरेको समेत जानकारी गराउनु भएको थियो ।
११ हजार ९ सय ८७ जना शेयरसदस्य रहेको ग्रामिण बाल्मिकी सहकारी संस्थाले वार्षिक साधारणसभा गर्नका लागि क्षेत्रगत रुपमा आफ्ना सेवा केन्द्रहरुको विस्तारीत मञ्चको कार्यक्रमलाई तिव्रता दिएको छ ।
संस्थ्ाँको प्रतिवेदन अन्ुसार शेयुपुँजी २०८२ असार मसान्त सम्ममा ८ करोड १६ लाख ६ हजार १ सय रहेको मा २०८३ असार मसान्तमा १० करोड ८२ लाख ४६ हजार ५ सय पुगेको छ ।
त्यसैगरी संस्थागत पुँजी तर्फ ९ करोड ७५ लाख ७ हजार ६ सय ८६ रुपैया रहेको छ भने बचत निक्षेपमा १ अर्ब ६९ करोड ७७ लाख ७६ हजार ७ सय रुपैया संकलन गरी १ अर्ब ७५ करोड ४९ लाख २० हजार १ सय ४८ रुपैया फिर्ताभई असार मसान्त सम्ममा ९१ करोड ५२ लाख ४८ हजार ७ सय ८४ रुपैया कुल बचत निक्षप रहेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

संस्था सञ्चालनका क्रममा वाहिय ऋणलाई शुन्यतामा राखेको ग्रामिण बाल्मिकी सहकारी संस्थाको तरलता अनुपात कुल वचत निक्षेपको तुलनामा १७ दशमलब ७८ प्रतिशत रहेको उल्लेख गरीएको छ ।
संस्थाले आफ्नो आर्थिक कारोबार पारदर्शी बनाउन प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा लगानी तर्फ भने २९ करोड ९७ लाख ६३ हजार ५ सय लगानी गरेको जनाएको छ । त्यस्तै ऋण लगानीमा २०८२ असार मसान्त सम्म ७८ करोड ९३ लाख २९ हजार २१ रुपैया रहेको मा २०८२/०८३ मा कुल ऋण लगानी ४७ करोड ५१ लाख २१ हजार ४ सय ७ रुपैया र ऋण असुली ५३ करोड ४९ लाख १४ हजार ४ सय ९९ रुपैया गरेको जनाएका छ । संस्थाको प्रतिवेदनअनुसार संस्थामा हाल ६ हजार ९ सय ६९ जना महिला र ५ हजार १६ जना पुरुष सदस्य रहेका छन्।
आ.ब. २०८२/०८३ मा संस्थको कुल आम्दानी ८ करोड ५९ लाख ३१ हजार ३ सय १८ रुपैया रहेको छ भने खर्च ७ करोड १५ लाख २८ हजार ५ सय ५२ रुपैया रहेको छ । त्यसैगरी सञ्चालन मुनाफा १ करोड ४४ लाख २ हजार ७ सय ६५ रुपैया रहेको छ । त्यसैगरी ऋण सुपरिवेक्षण कोषमा ४४ लाख ४२ हजार ९ सय १ रुपैया खर्च लेख्दा ९९ लाख ५९ हजार ८ सय ६३ रुपैया मुनाफा रहेको संस्थाले आफ्नो आर्थिक प्रतिवेदनमा उल्लेख गरीको छ ।
