sunwal

बर्दघाट खानेपानी संस्थाले रसुवाका बाढिपीडितलाई ८६ हजार १६ रुपैयाँ सहयोग गर्ने

531

कृष्ण ढकाल
बर्दघाट, भदौ–१६
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दघाट –४ बर्दघाटले संस्था र कर्मचारीको तर्फबाटगरी रसुवाका बाढिपीडितलाई ८६ हजार १६ रुपैयाँ सहयोग गर्ने संस्थाका अध्यक्ष दिपक लम्सालद्धारा जारी शोक बक्तब्यमा उल्लेख गरीएको छ । संस्थाको कार्यसमितिको २०८३ भदौ १५ गते बसेको बैठकले बाढी तथा प्राकृतिक विपतद्बारा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको तर्फबाट ५१ हजार रुपैयाँ र संस्थाका कर्मचारी परिवारबाट ३५ हजार १६ रुपैयाँ गरी जम्मा ८६ हजार १६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्षद्धारा जारी शोक बक्तब्यमा उल्लेख गरीएको छ । त्यसैगरी संस्थाको सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा उपलब्ध गराइने जनाइएको छ।

२०८३ भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी लगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरीएको छ।