sunwal

पारिजात सामुदायिक वनक्षेत्रमा २० हजार ८० विरुवा रोप्नेकार्यकाे शुभारम्भ

562

कृष्ण ढकाल
बर्दघाट,असार–२८
बर्दघाट–४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समुहले असार २७ गते शनिवार देखि २० हजार ८० विरुवा रोप्ने कार्यको शुभारम्भ गरेको छ । बर्दघाट– ४ ,मर्चाघोलामा शुभारम्भ गरीएको वृक्षारोपण कार्यक्रम १ महिना सम्म चल्ने बताइएको छ ।

राष्ट्रिय गौरबको आयोजना नारायणगढ –बुटवल सडक खण्ड निर्माणका क्रममा काटिएका रुखहरुको क्षतिपूर्ति वापत आयोजनाले प्रदान गर्ने ५० लाख मध्ये पारिजात वनले पाउने ७ लाख ६० हजार रकमबाट उक्त वृक्षरोपण गर्न लागिएको हो ।

सडक विभागको मापदण्ड अनुसार काटिएका प्रत्येक रुखको बदलामा एक रुख बराबर २५ वटा बिरुवा रोप्नुपर्ने कानुनि प्रावधान अनुसार हैसियत बिग्रेको वनक्षेत्रमा पारिजात सामुदायिक वनले वृक्षारोपण कार्यगरेको हो ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा झण्डै ४० लाखबढी रुखहरु काटिएका थिए जस्को बदलामा आयोजनाले करिब १० लाख बिरुवा रोप्नुपर्ने कानुनी प्रावधान रहेछ। सोही कानुनी प्रावधान अनुसार पारिजात सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा २० हजार ८० विरुवा रोप्ने कार्यको शुभारम्भ गरीएको समुहका अध्यक्ष कमान सिंह थापाले बताउनु भएको छ ।

वृक्षारोपण कार्यको शुभारम्भगर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्ती देवकरण कलवार (सन्तु)ले प्रत्येक वडाले वृक्षारोपण कार्यलाई प्राथमिक्ता दिनु पर्ने बताउनु भएको थियो । त्यसैगरी किसानहरुले आफ्नो खेतवारीमा र निजि वनले वृक्ष्ाँरोपण गर्ने कार्यलाई प्राथमीक्तामा राख्नु पर्ने धारणा राख्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले वृक्षारोपण कार्यलाई निरनतरता दिनु पर्ने धारणा राख्नु भएको थियो । पश्चिम नवलपरसाीका डिभिजन वन अधिकृत रविन्द्रनाथ चौधरीले हैसियत विग्रका वनक्षेत्रहरुमा वृक्षारोपण गर्नका लागि जिल्ला वनसँग जतीपनि रकम रहेको जानकारी गराउनु भएको थियो ।