सुस्ता,फागुन–९
संयुक्त संघर्ष समिति नवलपरासीले ‘मतपत्र’ च्यातेर निर्वाचन बहिष्कारको लागि आह्वान गरेको छ । शनिबार सुस्ता-१ बनदेबीको सुकुम्बासी भुमिहीनहरुको बस्तीमा संघर्ष समितिको जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा स्थानीयले मतपत्र च्यातेर निर्वाचनले देश र भुमिहीन सुकुम्बासी जनताको हित नगर्ने बताएका हुन ।
सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं सेक्रेटरी पाण्डेयले समितिमा आबद्व चार दल सहित ९ वटा दल र समुह निर्वाचनको पक्षमा रहेको बताउदै पटक पटक सुकुम्बासी भुमिहीनहरुलाई झुक्याउने संसदबादी भोट होइन चोट दिनुपर्ने औल्याए । उनले साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले नयाँ दलाल उत्पादन गर्ने र उक्त दलालबाट रास्ट्रघाती एसपीपी सम्झौता संसदबाटै पास गर्ने भएकोले निर्वाचनको औचित्य नभएको बताए । गाउँमा दलालहरु होशियार,साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको सशक्त बहिष्कार गरौ , भुमिहीन सुकुम्बासी एकता जिन्दावाद,कठपुतली सरकार खारेज गर, स्वाधीन संयुक्त सरकार गठन गर , जस्ता चर्का नाराबाजी सहित संघर्ष समितिका स्थानीयले चासोपुर्बक लिएका थिए ।
त्यस्तै शनिबार नै सुस्ता-१ बनदेबी, बर्दघाट-१६ केराबारीमा संयुक्त संघर्ष समिति सम्बद्व पार्टीले बहिष्कारको पक्षमा घरदैलो गरेका थिए । जिल्लामा क्राकपा नेपाल,नेकपा(बहुमत), बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, समाजवादी कम्युनिस्ट पार्टी नेपाल , संयुक्त जेनजी जस्ता बहिष्कार पक्षधर सक्रिय रहेका छन ।
