Bardaghat Na pa

बर्दघाट एक्सपोमा प्यानलिष्ट छलफल

4

माघ-२२
समग्र विकासमा निजी क्षेत्रको भूमिकाःनवलपरासीको विकास सम्भावना भन्ने बिषयमा जारी प्रथम बर्दघाट एक्सपोमा प्यानलिष्ट छलफल कार्यक्रम सञ्चालन गरिएको छ ।

बर्दघाट नगरको समग्र विकासका लागि भविष्यको खाका कोर्ने बौद्धिक मञ्च निर्माण गर्न देशका प्रतिष्ठित र अनुभवि ब्यक्तिहरुलाई एउटै मञ्चमा राखेर स्थानिय व्यवसायीका समस्यालाई समाधानको खाका कार्दे रोजगारी र्सिजना, उद्यमशिलता विकास, स्थानिय आत्मनिर्भर अर्थतन्त्र निमार्णकालागि कार्यक्रमको आयोजना गरिएको उद्योग व्यापार संघका अध्यक्ष तथा एक्सपो मुल आयोजक समितिका संयोजक राजु न्यौपानेले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा आफ्नो धारण सहित स्वागत गर्दै सयोजक न्यौपानेले उद्योग व्यापार संघ बर्दघाट सधै स्थानिय उत्पादन, स्थानिय उद्यम र स्थानीय प्रतिभाको प्रर्वद्धन गर्दै बर्दघाट नगसरकारद्धारा सञ्चालन गर्न लागिएको बर्दघाट उद्योग ग्राम सञ्चालनका निम्ति आफ्नो संस्था सधै साथ र सहयोग गर्न तयार रहको बताऊनुभयो ।
कार्यक्रममा निजी क्षेत्रको आर्थिक बिकासमा भूमिका, नवलपरासी क्षेत्रमा संम्भावना, औधोगिकीकरण, रोजगारी श्रृजना, बर्दघाटमा उद्योग व्यापारको सम्भावना, नवलपरासीमा लगानी भित्राऊन चाल्नुपर्ने कदमहरु, राजनैतिक र आर्थिक संतुलन, क्षेत्रगत सम्भावना, नीतिगत तथा वातावरणिय सम्भावनाक पक्ष, युवा र उद्यमशिलताका विषयमा विज्ञहरुको विचार बिमर्श गरिएको थियो ।

कार्यक्रममामा नविल बैंकका सिईयो मनोज ज्ञवालीले देशमा राजनितिक अस्थिरताका कारण देशले सहि निकास नपाएको, स्थानिय उत्पादनलाई राष्टिय स्तरमा जोडेर लानुपर्ने, दिगो व्यवसायिकरणकालागि विक्तीय संस्थाले व्यवसायीको प्रकृतिहेरेर कर्जा प्रवाह र त्यसको सहि सदुपयोग भए न भएको अनुगमन हुनुपर्ने, देशको मध्य भागमा पर्ने जिल्लाका नाताले होस या नजिकै रहेको सिमाको सदुपयोग गरेर होस्, हरेक कोणबाट सफलता प्राप्त गर्न सकिने व्यवासाय सञ्चालन गर्न सकिने स्थान रहेको हुदाँ डिजिटल प्रविधिको प्रयोग गरेर आफ्नो व्यवसायलाई प्रर्वद्धन गर्दै बजारीकरणको लागि अगाडी बढ्नुपर्ने बताऊनुभयो । ज्ञवालीले समाजको आर्थिक विकासबिना देश समृद्धि सम्भव नभएको बताऊदै पहिले समाजको सोचमा परिवर्तन ल्याऊनुपर्ने मुख्य चुनौति रहको बताऊनुभयो ।
त्यस्तै कार्यक्रममा जेसिआई इन्टरनेसनल बर्ष २०२६ कि उपाध्यक्ष रजनी थापाले हाम्रा स्थानिय स्तरमा उत्पादन हुने कुनै पनि बस्तुलाई आकर्षक प्याकेजिङ्ग तथा ब्राण्डीङ्ग गरि बेच्नुपर्ने सुझाव दिनुभयो । थापाले हामीले बेच्ने समान र हाम्रो ब्राण्डिङ्ग गर्ने तरिका फरक हुदाँ हामीले हाम्रो उत्पादनको उचित मुल्य पाऊन असहज भएको बताऊनुभयो । थापाले हामीले हाम्रो पहिचान दिने स्थान, उत्पादन, हाम्रा धार्मिक स्थललाई हामीले प्रचार प्रसार नगर्दा पनि हामी पछि परिरहेको बताऊनुभयो । थापा भन्नुहुन्छ, हामी हाम्रा वरिपरीका रमणिय क्षेत्रको प्रचार प्रसार पनि गर्दैनौ । हाम्रा बानी सुधार पनि गर्दैनौ, बचत गर्ने र सहि लक्ष्य लिएर अगाडी बढ्ने जोखिम पनि लिन चाहादैनौ । हामी थोरै लगानीमा तुरुन्त थेरै फाईदा खोज्छौ जुन न्यून सम्भावना रहका हुन्छन । व्यापार व्यवसायमा धैर्य र साहस आवस्यक पर्दछ ।
त्यस्तै कार्यक्रममा पैचो पसलका सिईयो केशव न्यौपानेले बर्दघाट आफैमा अवसरै अवसर भएको क्षेत्र भएको बताऊनुभयो । न्यौपानेले हाम्रा क्षेत्रमा उत्पादन हुने ऊँखु, अमृंसो, दालचिनीलाई उत्पादित सामाग्रि सोझै बेच्नुभन्दा पनि उक्त समाग्रिलाई प्रसोधन गरेर आकर्षक बनाऊन सके थप मुल्य प्राप्तहुने हुदाँ उत्पादकहरु त्यसतर्फ लाग्नुपर्ने बताऊनुभयो । उहाँले ऊखुँलाई उदाहरण दिदै सिधै ऊँखु बेच्नुभन्दा पनि गुण, चक्लेटको रुपमा परिणत गर्नसके उत्पादकले थप आर्थिकलाभ लिन सक्ने बताऊनुभयो । उहाँले हामी जागिरकालागि भन्दा पनि कसरी उद्यमीबन्ने भन्ने सोचको विकास गर्नुपर्ने बताऊदै हाम्रा बारीमा उत्पादन हुने समाग्रिलाई रुप परिवर्तन गरि बजारमा पठाऊनुपर्ने बताऊनुभयो ।
कार्यक्रममा सहभागिहरुले हालको व्यवसायीको अवस्था, पिडा र समाजले लगाऊने आरोप, राजनितिक प्रभाव, बदलिरहने सरकार, बजार व्यवस्थापन, रोजगार, स्वरोजगार वा उद्यमी बन्न रहेका चुनौतिका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहजकर्ताकाे रुपमा डा.सन्जिव हुमागाई रहनुभएको थियो भने कार्यक्रमकाे सञ्चालन पत्रकार कृष्ण ढकालले गर्नु भएकाे थियाे ।