Bardaghat Na pa

बर्दघाट एक्सपो सफल पार्न वडा अध्यक्षहरुसंग अन्तरक्रिया

506

बर्दघाट,पौष–२५
उद्योग ब्यापार संघ बर्दघाटको आयोजनामा माघ १३ गते देखी २५ गते सम्म संचालन हुने प्रथम बर्दघाट एक्सपो २०८२ को तयारी तिब्र पारिएको छ । संघले एक्सपोलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रका ब्यक्तिहरु संगको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिरहेको छ ।
शुक्रबार बर्दघाट नगरपालिकाका १६ वडाका वडा अध्यक्षहरुसंग अन्तरक्रिया कार्यक्रम गरी सुझाव सल्लाह संकलन गरेको ५ । एक्पोलाई सबैको साझा र ,बर्दघाटले अपनत्व लिनेगरी कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रियामा सहभागी वडाअध्यक्षहरुले आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगर कार्यपालिकाका प्रबक्ता एवं वडा नम्बर १५ का अध्यक्ष सन्तु गाहाले बर्दघाटका स्थानिय उत्पादनले प्राथमिकता पाउनुपर्ने धारणा राख्नुभएको थियो । नगरपालिका भित्र रहेका विभिन्न जात जातीका कला संस्कृति संगै स्थानिय प्रतिभाहरुले पनि उचित स्थान पाउनुपर्ने उहाँको भनाई थियो । नगर भित्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा पनि विशेष जोड दिन उहाँले आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङले कसै संग आग्रह पुर्वाग्रह नराखी सबैको सहभागितामा एक्सपो सफल बनाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले स्थानिय सरकारले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कमहरु एक्पोमा झल्काउन सके राम्रो हुने बताउनुभएको थियो । उद्योगी, ब्यबसायी, राजनैतिक दल, शिक्षा स्वास्थ संग सम्बन्धीतहरु संग पनि अन्तरक्रिया गरेर सुझाव संकलन गरी कार्यान्वयन गर्न सल्लाह दिनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष वेदविना तिवारीले यहाँका उद्योगी ब्यबसायीहरु सबैको भावना समेटेर अगाडि बढ्न सल्लाह दिनुभयो । वडा नम्बर ५ कि अध्यक्ष बिमला गुरुङले एक्पो सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै वडाहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारुले कृषकहरुलाई प्राथमिकता दिँदै अन्य मनोरञ्जनको पाटोमा समेत दर्शकको चाहना अनुसार काम गर्नपर्ने बताउनुभयो । वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश चन्द्र अधिकारीले एक्पोमा मनोरञ्जनका नाममा जोखिमपूर्ण प्रस्तुतिहरु राख्न नहुने तर्फ सचेत गराउनुभयो । एक्पोलाई सर्बपक्षिय विचार ब्यक्त गर्ने मञ्चको रुपमा समेत प्रयोग गर्न सके राम्रो हुने उहाँको धारणा रहेको थियो । कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले आफ्ना वडाका पहिचान झल्कीले बस्तु, सेवा संगै कला संस्कृतिलाई एक्पोमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा एक्पो मुल आयोजक समिति संयोजक राजु न्यौपानेले सबैका सुझाव सल्लाहलाई समेटेर अगाडि बढ्ने बताउनुभयो । सांस्कृतिक तथा गोष्ठी सेमिनार उप समिति संयोजक मोहन सापकोटाले एक्पोलाई सफल बनाउन वडा अध्यक्षहरुले दिनुभएको सुझाव सल्लाह अत्यन्त सान्दर्भीक रहेको बताउनुभयो । एक्सपो अबधीभर विभिन्न बिषयमा अन्तरक्रिया तथा गोष्ठीहरु भैरहने उहाँको भनाई थियो । एक्पो माघ १३ गते देखी २५ गते सम्म बर्दघाट मण्डपमा हुँदै छ ।