कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१५
मधुवन कृषि बहुउद्देश्य सहकारी संस्था ,बर्दघाट भुताहाको छैठँाै अधिवेशनबाट निर्वाचीत समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक कृष्णप्रसाद अधिकारीको अध्यक्षता र शेयर सदस्य तथा बर्दघाट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाइको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
छैठँाै अधिवेशनबाट समितिको अध्यक्ष पदमा देबी प्रसाद अधिकारी निर्वाचीत हुनु भएको छ भने उपाध्यक्षमा ऋषि राम काफ्ले ,सचिवमा खुमाकान्त न्यौपाने र कोषाध्यक्षमा पवित्रा देवकोटा (पौडेल) निर्वाचीत हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा यादव खनाल, हिरा घिमिरे, इन्दिरा पौडेल, हरि प्रसाद अधिकारी, नारायण ढकाल र खगिस्वरा ढकाल रिजाल निर्वाचीत हुनु भएको छ । त्यस्तै लेखा संयोजकमा प्रकाश घिमिरे तथा लेखा सदस्यमा बबिता ज्ञवाली घिमिरे र यादव प्रसाद न्यौपाने निर्वाचीत हुनुभएको छ ।
समितिको सपथ ग्रहण कार्यक्रम पश्चात नव निर्वाचीत समितिका अध्यक्ष देवि प्रसाद अधिकारीको अध्यक्ष्ता र चन्द्रकान्त चापागाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव खुमकान्त न्यौपानेले गर्नु भएको थियो ।
उपाध्यक्ष ऋषिराम काफ्लेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईले संस्थाले विना धितो ऋणदिने कार्यलाई सुधारगर्नु पर्ने सुझाब राख्नु भएको थियो । त्यसैगरी संस्थाको उद्धेश्य अनुसार कृषिलाई बढी जोडदिनु पर्ने र पञ्चनगरमा रहेका ३ वटा दुधडेरीलाई मर्चगरेर सञ्चालन गर्ने वातावरण मिलाउनु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गिरीराज रेग्मी,पूर्व अध्यक्ष नारायणदत्त घिमिरे लगाएतले बोल्दै संस्थालाई सवल र सफल बनाउनका लागि संस्थाको उद्धेश्य अनुसार कृषिमा योजनावद्ध तरीकाले अघिबढ्नका लागि सुझाव दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै संस्थाका पदाधिकारीहरूले संस्थाको उद्देश्य, सिद्धान्त र सदस्यहरूको हितलाई केन्द्रिमा राखेर पारदर्शिहुदै उत्तरदायिपूर्ण रुपले सबैसँग सहकार्य गरेरअघिबढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
२०६५ साल चैत्र १८ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएर आफ्नो सेवा शुरु गरेको मधुवन कृषि बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाट –९, पञ्चनगरमा अहिले ७ सय २० जना शेयर सदस्यहरु रहेका छन ।
३८ लाख १३ हजार ७ सय शेयरपुंजी र ३ करोड ३८ लाख ४९ हजार ८ सय ८२ रुपैया सदस्य बचत रकम रहेको यस संस्थाले १ करोड ५१ लाख ३५ हजार ३८ रुपैया ऋण लगानी गरेको संस्थाको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।
बर्दघाट नगरपालिका र सरावल गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर अघिबढेको यस संस्थाले आफ्नो सेवा सञ्चालनका लागि ३ लाख ३६ हजार ९ सय ७० रुपैया यसैबर्ष लगानी गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
आफ्ना शेयर सदस्यहरुका लागि ऋण तथा बचत,उपभोक्ताहरुका लागि सस्तो पसल र किसानहरुका लागि दुध डेरी गरी ३ वटा क्षेत्रमा केन्द्रित रहेर संस्थाले सेवा प्रदानगर्दा संस्थाले ८ जना कर्मचारीहरुलाई समेत रोजगारी दिन सफल भएको छ ।
संस्थाको मुख्य कारोवार कृषिलाई प्राथामिकता दिदै वित्तिय कारोवार गरीरहेको मधुवन कृषि बहुउद्धेश्यीय सहकारी संस्थाको जगेडा कोषमा अहिले ४८ लाख १७ हजार ४ सय २३ रुपैया रहेको छ । यसरी संस्थाको जम्मा सम्पत्ति तथा जायजेथा ५ करोड,३३ लाख ६७ हजार २ सय ६९ रुपैया रहेको संस्थाको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।
