कृष्ण ढकाल
बर्दघाट,असोज–२
ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्था,बर्दघाट–७,जिमिरेभारले आफ्नो संस्थामा सुशासन प्रवर्दनको लागि फरक कार्यशैलीबाट अघि बढ्ने तयारी गरेको छ ।
आर्थिक बर्ष २०८१/०८२ को वार्षीक साधारण सभाको पूर्वसन्ध्यामा आफ्ना शेयर सदस्यहरुसँग सुझाव संकलनका लागि शुरु गरेको सेवाकेन्द्र स्तरीय बिस्तारीत मञ्चमा संस्थालाई फरक कार्यशैलीबाट अघि बढाउने तयारी गरीएको संस्था सञ्चालक समितिका अध्यक्ष रबिन्द्र विक्रम हमालले जानकारी गराउनु भएको थियो ।
संस्थामा पैसा रहेर पनि पैसा बेच्न नसकेका कारण संस्था थपभारमा पर्ने भएकाले यो बर्ष देखि सबै शेयर सदस्यहरुको शेयर रकम समान १५ हजार मात्र राखीने र बाँकी रकम फिर्ता गर्ने,सबै शेयर सदस्यहरुले मासिक ५ सय बचत गर्नु पर्ने,संस्थाको साधारण सभामा उपस्थित नभएमा संस्थाले प्रदान गर्ने कुनै पनि राहत रकम नपाउने,संस्थाको कुनै पनि कार्यक्रममा शेयर सदस्य भन्दा बाहिरको ब्यीक्तलाई सहभागि नगराउने, कार्यक्रममा सहभागिहरुलाई यातायात तथा भत्ता नदिने लगाएतका प्रस्तावहरु सेवाकेन्द्र स्तरीय बिस्तारीत मञ्चमा प्रस्ताव गरी सञ्चालक समितिलाई अनुमति प्रदान गरीएको सस्थाकी सचिव राधा ढकालले बताउनु भयो ।
ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्था अहिले पनि भण्डै ९ करोड नाफामा रहदा रहदै पनि ऋण सुरक्षण कोषमा २ करोड २८ लाख ६२ हजार ६ सय २९ रुपैया र १ बर्ष सम्म किस्ता तथा ब्याज केहि पनि नदिने शेयर सदस्यहरुको ( जोखीम रकम) ६ करोड १९ लाख रुपैया घटाएर ५२ लाख ९१ हजार ५ सय १२ रुपैया शुद्ध नाफा रहेको अध्यक्ष हमालको भनाई थियो ।
आफ्ना शेयर सदस्यहरुको रकम सुरक्षीतगर्दै संस्थालाई पारदर्शी र जिम्मेवार बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आ.ब. २०८२/०८३ को निर्देशन नं. २ अनुसार संस्थाको साधारण सभालाई सदस्य केन्द्रित र मितब्ययी बनाएर सुशासन कायम गर्न सञ्चालक समिति जिम्मेवार भएर अघि बढेको अध्यक्ष हमालको बताउनु भयोे ।
संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा ११ करोड ८१ लाख आय तथा ९ करोड ५५ लाख ३९ हजार ६ सय ७८ रुपैया खर्च अनुमान प्रस्तावित गरेकोमा ११ करोड ७८ लाख ३४ हजार ४ सय १ रुपैया आय तथा ११ करोड २५ लाख ४२ हजार ८ सय ८८ रुपैया खर्च गरेको लिखित प्रतिवेदन संस्थाका ब्यवस्थापक अनन्त पाण्डेले प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १० करोड ३७ लाख ४७ हजार आय तथा ७ करोड ४९ लाख ९० हजार रुपैया खर्च अनुमान प्रस्तावित गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
बर्दघाट खानेपानी संस्थाको सभाहलमा भएको उक्त कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्ष रबिन्द्र विक्रम हमालको अध्यक्षता,सचिव राधा ढकालको सञ्चालन र सह सचिव कृष्ण गौतमको स्वागतमा सम्पन्न भको थियोे भने कार्यक्रममा संस्थाका सल्लाहाकारद्धय रामप्रसाद पौडेल र कृष्णहरि पौडेल लगाएतका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
स्वर्णीम सेवा केन्द्र पञ्चनगर, बर्दघाट सेवा केन्द्र बर्दघाट, दाउन्नेदेवी सेवा केन्द्र सूर्यनगर,बाल्मीकी सेवा केन्द्र,गोपीगञ्ज,उदय मिरमिरे सेवा केन्द्र बनेवा गरी ५ वटा सेवा केन्द्र सहित जिमिरेभारमा केन्द्रिय कार्यालय रहेको ग्रामिण वाल्मिकी बचत तथा ऋण सहकारी संस्थामा अहिले १२ हजार ६ सय ३६ जना शेयर सदस्यहरु रहेका छन ।